सिन्धुपाल्चोकको जुगल पहिरोमा ३६ जना बेपत्ता भएको आशंका, घटनास्थलको फोटो फिचर
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परेर कम्तिमा ३६ जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ६ बजे गएको पहिरोले २८ घर पुरेको छ । नौ जना घाइते भएका छन् घाइतेको उद्धारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सिन्धुपाल्चोक पुगेको छ ।

घाइतेमध्ये चारको अवस्था गम्भीर छ । गाउँको बीच भागबाट खसेको पहिरोले कति घर पुरिए भन्नेबारे अझै एकिन हुन सकेको छैन ।
उद्धारमा खटिएका स्थानीयका अनुसार २८ घरमध्ये २२ घरमा रहेका कम्तीमा ३६ मानिस पहिरोमा पुरिएको जानकारी दिए । उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल पुगेका छन् ।

उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कात्तिकेमा रहेको प्रहरी चौकीबाट घटनास्थल पुग्न पैदल तीन घण्टा लाग्छ । अहिले पानी पर्न रोकिएपनि पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ ।
घटनास्थलको फोटो फिचर–श्रीधर न्यौपानेको फेसबुकबाट

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #फोटो फिचर, #सिन्धुपाल्चोकको जुगल, #हेलिकोप्टर सिन्धुपाल्चोक
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्