कालिकोटमा पहिरो जाँदा ६ जनाको मृत्यु, सिन्धुपाल्चोकमा पनि पहिरो, १३ घर पुरिए
काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै खसेको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका मृतकहरुको शव शुक्रबार बिहान निकालिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।मृतकहरु मध्ये चार जना विष्ट परिवारका सदस्य र दुई जना छिमेकी रहेको प्रहरीले जनाएको छ । कालिकोट लगायतका क्षेत्रमा रातभर पानी परेको थियो ।
त्यस्तै, सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा भीषण पहिरो गएको छ । शुक्रबार विहान ६ बजेतिर पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन भएको बताइएको छ । १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका छन् । सो क्षेत्रमा २५ देखि ३० घरहरु जोखिममा रहेको बताइएको छ । अहिले पानी पर्न रोकिएपनि पहिरो झरिरहेकाले उद्धारमा कठिनाई भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पहिरो जाँदा ६ जनाको मृत्यु, #सिन्धुपाल्चोकको जुगल
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्