मिन्क्स भोड्काको सञ्चालिका भारतीय नागरिक सेठ्ठीको दोहोरो नागरिकता,नेपालमा हुँदा रानी, भारतमा मीना

काठमाडौं । मिन्क्स लक्जरी भोड्काको सञ्चालिका भारतीय नागरिक मिना सेठ्ठीले नेपालको नागरिकता लिएको खुलासा भएको छ । उनले नेपालको इलाम जिल्लाबाट २०५४ सालमा रानी गजमेरको नाममा नेपाली नागरिकता लिएको खुलासा भएको हो । इलाम जिल्ला दानावारीबाट २०५४ सालमा वंशजको आधारमा नागरिकता लिएकी गजमेरले भारतमा मीना डी सेट्टीको नाममा नागरिकता लिएकी छन् । २०५४ साल माघ १५ गते जिल्ला प्रशासन कार्यलय इलामबाट लिएको नागरिकतामा जन्मस्थान मेची गाविस वडा नम्बर ७, बाबुको नाम देवी प्रसाद गजमेरको नाम रहेको छ । उनको नागरिकता प्रमुख जिल्ला अधिकारी भानुभक्त पोखरेलले प्रमाणित गरेका छन् ।
मिन्क्स लक्जरी भोड्काको सञ्चालिका समेत रहेकी सेठ्ठीले नेपालमा कमाएको सबै पैसा उनले मीनाको नाममा भारतमा आफ्नो खातामा राख्ने गरेको समेत खुलेको छ ।
उनी हाल ललितपुरमा रहेको सिविल होममा बस्दै आएकी छिन । यसबारेमा बुझ्न हामीले रानीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहिनन । उनको नेपालका विभिन्न बैंक तथा भारतका बैंकमा समेत करोडौंको अवैध रकम,नेपालका बैकर देखि नेता,पूर्वमन्त्री संग राम्रो सम्बध रहेको छ । निज सेट्ठी (गजमेर) नेपाली थर को नेपालको विभिन्न बैकहरुमा अवैध रकम रहेको समेत खुलासा भएको छ ।
नेपालको एनआइसी एसिया बैंक,लक्ष्मी बैंक, बैक अफ काठमाडौंमा करोडौं अवैध पैसा रहेको बताइएको छ । उनले नेपालका बैंकका उच्च पदस्थ ब्यक्तीहरुसंगको राम्रो सम्बन्ध बनाई नेपालबाट भारतमा रहेको आफ्नो बैंंक खातामा पैसा पठाउने गरेको देखिएको छ । नेपालका राजनीतिक दलका केही नेता तथा एक पूर्वमन्त्री संग राम्रो सम्बन्ध र मिलेमतोमा पैसा भारत पठाउने गरेको स्रोतको दावी छ । उनले आफुसँग दुर्वै देशको नागरिकता भएको समेत स्वीकार गरेकी छन् ।
को हुन सेट्ठी र नेपालमा उनी के गर्छिन ?
उनको घर भारतको सिलगुढी स्थित दुर्गानगरकी स्थायी बासिन्दा हुन । हाल उनी पहिलो श्रीमानलाई छोडी दोस्रो श्रीमानमासँग छिन । तर, हाल उनको दोस्रो श्रीमान उतै भारतमै बसोबास गर्दै आएका छन । उनको पहिलो र दोस्रो श्रीमानबाट गरी २ छोरा र १ छोरी छन । हाल उनी नेपालमा मिन्क्स लक्जरी भोड्काकी सञ्चालिका हुन ।
उनको भारतको सिलगुडी र नेपालमा काठमाडौंको बालुवाटारमा समेत घर रहेको खुलेको छ । मिन्स्क भोड्काको उत्पादक ‘सन्नी डिष्ट्रलरी’मार्फत् नेकपाका एक जना प्रभावशाली नेता तथा पूर्वमन्त्रीले सम्पत्ति शुद्धीकरण गरिरहेको आशंकामा सरकारी निकायले प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् ।
रानी अनुसन्धानमा तानिए आफूहरु फस्ने भएपछि इलामबाट लिएको नागरिकता वा भारतबाट लिएको नागरिकतामध्ये एउटा त्याग्न लगाएर यो अनुसन्धान सामसुम पार्ने प्रयास भइरहेको छ । नेपालमा नागरिकता ऐन २०६३ अनुसार दोहोरो नागरिकता राख्न पाइदैन् । नेपालको नागरिकता वा भारतको नागरिकतामध्ये एउटा त्याग्नु पर्ने हुन्छ । तर, रानीले दुबै नागरिकतामार्फत् दुबै देशमा दोहोरो आर्थिक कारोबार गरिरहेकी छिन् । कानुन अनुसार कसुर प्रमाणित भए तीनवर्ष कैद र नेपाल तथा भारतमा रहेको कारोबार सम्बन्धित देशले जफत गर्न सक्नेछ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नागरिकता ऐन २०६३, #मिना सेठ्ठी, #लक्जरी भोड्काको सञ्चालिका
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्