नखुल्ने भो भदौं १ देखि लामो दुरीको यातायात र बाह्य तथा आन्तरिक हवाई उडान
काठमाडौं । भदौ १ गतेदेखि लामो दुरीका यातायात तथा हवाई उडान नखुल्ने भएको छ । लामो दुरीका सवारी साधन र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न सरकारलाई सिफारिस गरिएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आइतबार बसेको बैठकले यसलाई १५ दिन पर सार्न सिफारिस गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर, कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले छोटो, मध्य र लामो दुरीमा अन्तरजिल्ला निजी तथा सार्वजनिक यातायात, आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, शैक्षिक तथा अन्य परीक्षा जस्ता कार्य भदौ १५ सम्म स्थगित गर्न सिफारिस गरेको छ ।
तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सीमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ । औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्नेछ । बैठकले कोरोना संक्रमितको केस २ सय भन्दा बढी भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक तथा वित्तीय संस्था लगायत जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका निकायहरुलाई अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाहमा जोड दिने निर्णय समेत गरेको छ ।
जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ । लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि भदौ १ मा पनि लामो दूरीका यातायात तथा हवाई उडान सञ्चालनको अनुमति नदिन कोभिड—१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी० ले सरकारलाई सिफारिस गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जोखिमसँगै मृत्युदर, #यातायात तथा हवाई उडान, #सवारी साधन
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्