सडक नबनेपछि ५ सय ५० लिटर दुध बाटोमै पोखियो
काठमाडौं । ६४ वर्षदेखि निर्माण सुरु थालिएको कान्ति लोकपथ सडकखण्ड बनेपछि ललितपुरको हुम्ला, जुम्ला उपनाम पाएको दक्षिण भेगमा विकासको ढोका खुल्ला हुने अपेक्षा स्थानीयले गरेका थिए । तर, करिव साढे ६ दशकको कामले यो सडकखण्ड अझै पूरा हुन सकेको छैन् । अझ वर्षायाम सुरुभएसगै दक्षिण ललितपुर क्षेत्रका सर्वसाधारणको मनमा त्रास नै त्रास फैलिन्छ । सडक निमार्ण गर्दा जथाभावी गरिएको कटिङका कारण यतिबेला यो सडकखण्डको २० भन्दाबढी स्थानमा पहिरो गएको छ ।

पहिरो गएको यो पहिलो पटक भने पटक होईन प्रत्येक वर्ष यसरी नै ठाउँ ठाउँमा जाने पहिरोले कतिले पैदल यात्रुलाई पुर्ने हो भन्ने त्रास छ । यतिबेला लेले, छपेली, भट्टेडाडा, माल्टा, प्युटार, आश्रङ, गिम्दी हुदै मकवानपुर पुगिने यो सडकखण्ड बन्द भएका कारण सार्वजनिक सवारी साधन समेत चल्दैनन् ।

पैदल हिड्न समेत कठिन रहेको यो सडकखण्डकै कारण यस क्षेत्रका नागरिकले गदै आएको कृर्षि पेशा र उत्पादन समेत खेर गइरहेको छ । बारम्वार सडक खुला गरिदिन स्थानीयले आग्रह गरे । तर, कतैबाट पनि सुनुवाई भएन । सडकखण्ड नखुलेपछि किसानले बिरोध जनाउँदै सडकमा करिब ५ सय ५० लिटर दुध पोखेका छन् ।

प्युटार दुध उत्पादक सहकारी संस्थाले कृषकसँग दुध सकंलन गरी साउन २१ गते लगनखेल डेरीमा ल्याउदै गर्दाे सडकका विभिन्न स्थानमा गएको पहिरोका कारण सम्बन्धित स्थानमा पुर्याउन नसकेपछि सडकमै दुध पोखिएको हो । असार महिना यता मात्र उक्त सहकारी संस्थाले ६ पटकमा ५ हजार ४ सय लिटर दुध सडक अवरोध भएकै कारण पोखेको स्थानीय प्रकाश थिङले बताए । अविरल वर्षासगै सडक खण्डमा निरन्तर पहिरो जाँदा दक्षिण ललितपुर क्षेत्रका मानिसहरुको दैनिकी कष्ठकर बनिरहेको छ । पहिरो गएको क्षेत्रमा पनि पहिरो पन्छाउने काम छिटो नगर्दाे मौसमी रुपमा उत्पादन भएका तरकारी समेत किसान कै बारीमा कुहिन थालेको बागमती गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले जानकारी दिए । अझ् सडकखण्डको दुरावस्थाका कारण विरामी आवात–जावतमा समेत समस्या परेको छ ।
बागमती गाउँपालिकाबाट मात्रै दैनिक ६ हजार, कोन्योसोम गाउपालिकाबाट करिब ८ हजार र महाकाल गाउँपालिकाबाट करिब ७ हजार दुध काठमाडौं उपत्यकामा ल्याइन्छ । बागमी गाउँपालिका र ठेकदार कम्पनीले पहिरो हटाउन कोशीस गरेपनि काम निकै सुस्त छ । जसले अझै सडक खुल्न कतिदिन लाग्छ कुनै टुंगो छैन् । समयमै सडक नबन्दा सबैले सास्ती पाइरहेका छन् किसानबाट उत्पादित बस्तुहरु खेर गइरहेका छन् । सडकमै दुध पोख्नुभन्दा पनि स्थानीय सरकार र सम्बन्धित निकायले कसरी सदुपयोग गर्न सकिन्छ भन्ने तर्फ तत्काल सोच्न जरुरी छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #दुध सकंलन, #दैनिकी कष्ठकर, #निरन्तर पहिरो
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्