फेरि उकालो लाग्यो कोरोना भाइरस संक्रमण, एकै दिन ४१८ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा ओरालो लागेको कोरोना संक्रमणदर फेरि उकालो लाग्दैछ । एकैदिन ७ सय ८० को हाराहारीमा संक्रमित फेला परेको विगतलाई पछिल्लो एक महिनाको तथ्यांकले भुलायो । डेढ सयको हाराहारीमा संक्रमित फेला परेको एक महिने तथ्यांकले कोरोनाको संक्रमण दर कम भएको जस्तो देखाएपनि जोखिम भने थप बढाएको छ । हुनत, सोमबारको तथ्याङकले पनि समुदायमा फैलिएको कोरोनाले भयावह रुप लिदै छ भन्ने संकेत दिएको छ । सोमबार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भयो । यो सँगै कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० नाघेको छ ।
प्रदेश १ मा ५७ जनामा कोरोना देखिदा काठमाडौं उपत्यकामा मात्रै ५१ जनामा कोरोना पुष्टि भएको छ । बारम्बार काठमाडौं उपत्यकामा संक्रमित थपिदा जनघनत्व बढी भएका शहर जोखिममा छन र हुन्छन भन्ने तथ्य उजागर हुँदा समेत कोरोना रोकथामको सरकारी तौरतरिका उही पुरानै छ । कोरोना समुदायमा विस्तार भएर असुरक्षा बढेको भन्ने स्वतन्त्र स्वास्थ्य विज्ञहरुको दाबीलाई कतिपय तथ्यले आफै पुष्टि गरेका छन् । प्रहरी हेडक्वाटर, ट्राफिक महाशाखा कोरोनाकै कारण शिल छन् । बाँके, सप्तरी, पर्सा, बारा, धनुषा, विराटनगर समुदायमा कोरोना विस्तार भएको संकेत देखिएसँगै लकडाउन गरिएका छन् ।
काठमाडौं उपत्यकाको संक्रमण दरले समेत समुदायमा कोरोना विस्तार भएको संकेत गर्दा विना काम लखर लखर सडकमा माक्स नलगाएरै हिड्नेहरु बढ्दैछन् । पसल र बजारमा कोरोना टरेजसरी भीडभाड बढिरहेको छ । चोक चोकमा भेला भएर राजनीतिक गफ छाड्ने विश्लेषकहरुको भिडको कमी छैन् । अरुलाई कोरोनाको सवक सिकाउनेहरु आफै न माक्स लगाउछन् न त भिडभाड मै जान छोड्छन् । यस्तो बेवास्ताले कोरोनाको जोखिम बढाइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमणदर, #संक्रमित फेला
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्