नेकपामा अध्यक्षद्धयबीच बैठकको निरन्तरता, जनैपूर्णिमाको शुभकामनामा मात्रै सिमित

काठमाडौं । पार्टी विधि, विधान र पद्धत्तिबाट नचलेको, अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै पार्टीका बहुमत सदस्यहरुले दुबै पदबाट राजीनामा मागेपछि उत्कर्षमा पुगेको छ । अझ साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्ड पक्षको बालुवाटारमै बसेको बैठकले एकलौटी निर्णय अनुचित भएको निष्कर्ष सहित संवाद गरेर निकास खोज्ने जिम्मा प्रचण्डलाई दिएको थियो । यसपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धयबीचको वार्ता र सम्वाद नै स्थगित भएर विवाद थप उत्कर्षमा पुगेको आँकलन गरिदैगर्दा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवादहिनता तोडेर आइतबारबाट पुनः संवाद सुरु गरे ।
५ दिनको मौनता तोड्दै अध्यक्षद्धयले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेतको सहभागितामा सुरुवात गरेको वार्तालाई निकास उन्मुख छलफल भनिएको थियो । तर, कुनै सहमति जुट्न सकेन । झण्डै तीन घण्टा चलेको छलफलले संवादहिनता तोडेको मात्रै नभई पार्टीलाई विधि, पद्धतिमा चलाउन सहमत गराएको समेत नेताहरुले बताएका छन् । अध्यक्षद्धयबीच सोमबार पनि छलफल भयो । तर, जनैपूर्णिमाको शुभकामना आदान–प्रदान बाहेक अन्य कुनै कुरा भएन । मंगलबार फेरि छलफल गर्ने भन्दै दुई नेता छुट्टीएका छन् । पुरानै विषयबाट सम्वादको सुरुवात भएपनि अध्यक्षद्धयले निरन्तरको छलफलबाटै ठोस सहमति खोज्नेमा नेकपा नेताहरु आशावादी छन् ।
सबैको ध्यान र चासो नेकपामा केन्द्रित भएकाले पनि विधि अनि पद्धति अनुसार अघि बढ्न अध्यक्षद्धयसँगै सबै नेताहरु प्रतिबद्ध हुने विश्वास गरिएको छ । छलफलका क्रममा उठेका र प्रस्ताव गरिएका कतिपय विषयहरु एक्कासी बाहिरिदा समेत नेकपाको आन्तरिक असन्तुष्टि थप बढेको भन्दै नेताहरुले सबै पक्षको सकारात्मक दबाब आवश्यक हुने बताएका छन् । ओली दुबै पद छोड्न तयार नहुने अनि अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहले विधि र पद्धती अनुसार नचलेको भन्दै दबाब दिएर मात्रै नेकपाको अन्तरकलह हल हुने देखिदैन । उपाध्यक्ष वामदेव गौतमको ६ बुँदे प्रस्ताव जस्तै ओलीले पाँचै वर्ष सरकार चलाउने र प्रचण्डले एकता महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्नुपर्ने विकल्पबाट निकास निश्किन्छ वा शक्ति संघर्षले पार्टीलाई फुटतर्फ धकेल्छ, अहिले नै यसै भन्न सकिदैन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #जिम्मा प्रचण्डलाई, #नेकपा, #प्रधानमन्त्री केपी शर्मा
ताजा खबर
- १डा.बाबुराम भट्टराईले किन दिए कुकुरले घाँस खाने अभिब्यक्ती ?
- २गगन थापाको प्रस्तावः निजामती सेवाको खुलातर्फ भित्रबाट प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गरौँ
- ३निजामती कर्मचारी संगठनको महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्यो, रेवन्त गौतम र भवानी दाहाल प्रतिष्पर्धामा
- ४ठमेलमा प्रहरी कुट्ने अखिल नेता जोशीलाई ७ दिन हिरासतमा राख्न अनुमति
- ५मःम पसलको ग्यास विस्फोट घटनाः अर्का एक जना घाइतेको पनि मृत्यु
तपाईको कमेन्ट लेख्नुहोस्