नेकपाभित्रको शक्ति संघर्ष,केन्द्रीय कमिटि बैठक बस्ने कति सम्भावना ?
काठमाडौं । नेकपाभित्र देखिएको शक्ति संघर्षको विवादले स्थायी कमिटि बैठक नै अनिश्चित रहेका बेला नेताहरुले केन्द्रीय कमिटि बैठक बोलाउन माग गरेका छन् । १ सय ५२ केन्द्रीय सदस्यहरुले पार्टीभित्रको बिवाद स्थायी कमिटिमा बन्धक बनाई राख्न नमिल्ने भन्दै केन्द्रीय कमिटिमा छलफल गर्नुपर्ने माग सहित अध्यक्षद्धयलाई हस्ताक्षर बुझाएका छन् । तर, कोरोना भाइरस र बर्षात्का कारण ४ सय ४१ सदस्यीय जम्बो केन्द्रीय कमिटि बैठक तत्काल बस्न सक्ने सम्भावना देखिदैन् । पदीय जिम्मेवारी बाँडफाड र सरकारको कामकारवाहीबारेको असन्तुष्टिले यतिबेला सत्तारुढ दल नेकपाभित्रको विवाद छताछुल्ल छ । पटक–पटक बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनालका बीचमा सहमति जुट्न सकेन । सचिवालय बैठकले विवाद समाधान गर्न नसक्ने भन्दै नेकपामा स्थायी कमिटि बैठक बोलाउन हस्ताक्षर अभियान चल्यो । तर, लामो समय अध्यक्ष ओली बैठक बोलाउन तयार भएनन् ।
बल्ल–तल्ल स्थायी कमिटि बैठक त बोलाइयो तर, सोही बैठकमा बल्झिएको विवादमा नेताहरुले प्रधानमन्त्री ओलीको दुबै पदबाट राजीनामा समेत मागियो । जसका कारण स्थायी कमिटि बैठक नै प्रभावित भइरहेको छ । सचिवालय र स्थायी कमिटि बैठकमा दाहाल र नेपाललाई साथ दिदै आएका उपाध्यक्ष बामदेव गौतम पछिल्लो बैठकदेखि ओलीलाई साथ दिने कित्तामा मात्रै पुगेनन सोही दिन ओली भैसेपाटीमा पुगेर डिनर समेत गरे । प्रधानमन्त्री ओली निकट नेताहरु बाहेक बसेको स्थायी कमिटि बैठकले अध्यक्षद्धयलाई सहमति गर्ने जिम्मेवारी दिएपनि दुबैका बीचमा संवाद हुन सकेको छैन् ।
स्थायी कमिटि बैठक नै अन्यौलमा रहेको बेला केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटि बैठक बोलाउन माग गर्दै अध्यक्षद्धयलाई हस्ताक्षर बुझाएका छन् । हस्ताक्षर बुझाएका नेताहरु पनि दाहाल–नेपाल निकट मात्रै छन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय ५२ जना केन्द्रीय सदस्यले बैठक बोलाउन माग गरेका छन् । स्थायी कमिटि बैठक बोलाउन नै आनाकानी गर्ने नेताहरुले तत्काल स्थायी कमिटि बैठक बोलाउने कुनै छाटकाट देखिदैन् । तीस दिनसम्म बैठक बोलाउनुपर्ने बिधानमा उल्लेख गरेपनि कोरोना भाइरसको त्रास,४ सय ४१ सदस्यीय जम्बो टिम बैठक बस्नुपर्ने स्थान र सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नदिने गरेको निर्णयका कारण तत्काल बैठक बस्ने सम्भावना नभएको कार्यालय सचिव ईश्वरबहादुर रिजालले बताए ।
१५ दिनभित्र बैठक बोलाउन माग गरेपनि ओली निकट नेताहरु त्यो सम्भव नभएको बताइरहेका छन् । नेकपामा सचिवालयबाट टुंगो लाग्न नसकेको विवाद स्थायी कमिटिमा पुग्दा नेताहरुबीच झनै चर्किएको छ । सचिवालयमा बहुमत, स्थायी कमिटिमा आफनो बहुमत भएको दाबी गर्ने दाहाल नेपालले केन्द्रीय कमिटिमा समेत आफू बलियो देखाउन बैठक बोलाउन दवाव दिएपनि तत्काल छिनोफानो हुने देखिदैन् । दुई अध्यक्षबीच फेरि संवाद रोकिदा नेकपाको बिवादले भने तत्काल बिश्राम लिने ठाउँ देखिदैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा, #वामदेवको विरासत, #शक्ति संघर्ष, #स्थायी कमिटि बैठक
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्