पूर्वमन्त्री सुनिल थापासहित राप्रपाका सय बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश
काठमाडौं । राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनील थापा सहितका सयबढी नेता कार्यकर्ता एक समारोहकाबिच नेपाली काँग्रेस प्रवेश गरेका छन् । मंगलवार काँग्रेस पार्टी कार्यालय सानेपामा राप्रपा नेता थापा सहित रामकृण भट्टराई, विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, रामपदारत शाह, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नारायण राउत र ईन्द्र बहादुर तामाङ सहितका नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका थिए । राप्रपाका नेताहरुलाई प्रजातान्त्रिक मुलधारमा आएकोमा स्वागत गर्दै कांग्रे सभापति सहितका नेताहरुले प्रजातान्त्रि शक्तिको बलबाट कन्युनिष्टहरुको केन्द्रिकृत र अधिनायकवाद परास्थ गर्नुपर्ने बताए । सहमहामन्त्रीको पदिय जिम्मेवारी सहित कांग्रेस प्रवेश गरेका थापाले पूर्वप्रधानमन्त्री समेत रहेका पीता शूर्यबहादुर थापाको लोकतान्त्रिक प्रजातान्त्रिक शक्ति बलियो बन्नुपर्छ भन्ने चाहाना पुरा गराउन प्रजातान्त्रिक मुलधारमा प्रवेश गरेको बताए ।
जिल्ला जिल्लाबाट राप्रपाका धेरै नेता कार्यकर्ता कांग्रेस प्रवेश गर्ने दाबी गरेका थापाले कांग्रेशलाई थप बलियो र शसक्त बनाउन भुमिका खेल्ने बताए । कोरोना महामारीका कारण सबै काठमाडौ आउन सम्भव नभएकाले शिर्ष १४ नेता काँग्रेसमा प्रवेश गरेको र अन्य सय बढी नेता कार्यकर्ता जिल्लाबाटै प्रवेश गर्ने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेपाली काँग्रेस प्रवेश
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्