नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८७७२ पुग्दा ४८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र विभिन्न आइसोलेसन सेन्टरबाट ६२६ जना डिस्चार्ज भएका छन् । संक्रमित मध्ये १३ हजार ७५४ जनाले कोरोना जितेका छन् । अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै दैलेखमा २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
यस्तै, सप्तरीमा २१, पर्सामा २०, धनुषा र महोत्तरीमा १० १० जना, बैतडीका ४, काठमाडौं, ललितपुर र कास्कीमा ३ ३ जना, सल्यानमा २ तथा सिरहा, काभ्रे, बाँके, रुपन्देही र सुर्खेतका एक एक जनामा कोरोना संक्रमण देखिएको छ । स्याङ्जाका एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा उपचारका क्रममा मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । मृतक बृद्ध निमोनिया, मिर्गौला र मस्तिष्कघातसम्बन्धी रोगका बिरामी हुन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्