काठमाडौं उपत्यकामा ९ सहित १४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । संक्रमितमा भक्तपुरका २, काठमाडौंका ५ र ललितपुरका २ रहेका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १ सय ४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । योसँगै कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त रहनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ । यसैबीच हाल ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना संक्रमणमुक्त रहेका छन् ।
कहाँ कहाँ थपिए संक्रमित
धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, ललितपुरका २, काठमाडौंका ५, महोत्तरीका १, पर्वतका १, कास्कीका २, स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना
कोरोना परिक्षणको अवस्था
बिहीबारसम्म पीसीआर विधिबाट ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् । पछिल्लो २४ घन्टामा ३ हजार ४८१ परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा २० हजार ९८ जना रहेका छन् ।
मृतकको संख्या ४३
साउन ७ गते कोरोना संक्रमण पुष्टि भएका वीरगञ्जका ७० वर्षका वृद्धको मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि उहाँलाई कोभिड अस्पतालमा राखिएको थियो । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै बढेको सार्वजनिक सवारी र बजारको भीडभाडले कोरोना थप समुदायमा विस्तार हुने भन्दै स्वतन्त्र स्वास्थ्य विज्ञहरुले सरकारलाई चेतावनी दिदै आएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्