त्रिबि र पीयूका परीक्षा भदौ पहिलो साता, कक्षा १२ को भने असोजमा
काठमाडौं । सरकारले भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेलगत्तै लकडाउनले रोकिएका परीक्षाको मिति तय गरिएको छ । त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न शंकायका परीक्षा भदौ पहिलो सातादेखि सुरू गर्ने जनाएका छन् । त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गते सुचारु गर्ने निर्णय गरेको छ । स्थगित परीक्षा दशैँसम्म पूरा गर्ने र त्यसपछि नियमित परीक्षा गर्ने तयारी त्रिविको छ । त्रिवि प्रशासन असार १ गतेदेखि खुलेको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयले लकडाउनले रोकिएका पूर्वनिर्धारित परीक्षाहरू सम्बन्धित कलेजमै परीक्षा सेन्टर कायम हुने गरी भदौ पहिलो साताबाट सुरू गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ । यसअघि कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ । कक्षा ११ को आन्तरिक मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिइएको छ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको छ । हालसम्म झन्डै ५५ जिल्लाका विद्यार्थीको अभिलेख रुजु गरिएको र अब केही दिनमै यसलाई पूर्णता दिइने बोर्डले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #परीक्षा भदौ पहिलो साता
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्