गोदावरी नगरपालिकामा अख्तियारको छापा,डेढ लाख घुस सहित दुई कर्मचारी पक्राउ

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र ओभरसियर किशोर मोक्तानले सेवाग्राहीसँग घुस मागेको खबर पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीलाई थप मद्धत गर्न महानगरीय प्रहरी वृत्त चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र थापाको टोली पनि गोदावरी नगरपालिकामा पुुगेको थियो । जैसी र मोक्तान १ लाख ५० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात र दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छन् ।
यसअघि पनि जैसी व्यवसायीहरुसँग मिलेर प्लटिङको जग्गा श्रीमतीको नाममा पास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जग्गा प्लटिङ ब्यवसायीसँग बारम्बार बार्गेनिङ गरिरहेका जैसीले अन्य पेशा तथा ब्यवसायी ब्यक्तीहरुलाई पनि दुख दिने गरेको आरोप लाग्दै आएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #गोदावरी नगरपालिका
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्