बढायो बागमती प्रदेशले कार र मोटरसाइकलको वार्षिक कर
काठमाडौं । नयाँ आर्थिक बर्ष प्रारम्भ भएदेखि नै बागमती प्रदेश सरकारले निजी कार तथा मोटरसाइकलको वार्षिक कर वृद्धि गरेको छ। साउन १ देखि कार्यान्वयनमा आएको आर्थिक ऐन २०७७ मार्फत् प्रदेश सरकारले सवारी साधनमा लाग्दै आएको वार्षिक कर वृद्धि गरेको हो। गत वर्ष १ सय २५ सिसीसम्मका मोटरसाइकलमा २७ सय ५० रुपैयाँ रहेको वार्षिक कर यो वर्ष ५० रुपैयाँ बढाएर २८ सय रुपैयाँ बनाइएको छ। यसैगरी १२६ देखि २५० सिसीसम्मका मोटरसाइकलमा ४४ सय रुपैयाँ रहेकोमा साउन १ देखि ४५ सय रुपैयाँ पुर्याइएको छ।

२५१ देखि ४०० सिसीसम्मका मोटरसाइकलमा ८ हजार ८ सय रुपैयाँ कर रहेकोमा बढाएर ९ हजार रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ। त्यस्तै ४ सय १ देखि ६ सय ५० सिसीसम्मका मोटरसाइकलमा १६ हजार ५ सय रुपैयाँ रहेको वार्षिक कर ३ हजार ५ सय रुपैयाँ बढाएको छ। त्यसैगरी ६ सय ५१ सिसी माथिका मोटरसाइकलमा लाग्दै आएको २५ हजार १ सय रुपैयाँ वार्षिक करमा ४ हजार ९ सय रुपैयाँ बढाएर ३० हजार कायम गरिएको छ। उक्त व्यवस्था बागमती प्रदेश सरकारले ल्याएको आर्थिक ऐन २०७७ मा उल्लेख छ।

बागमती प्रदेश सरकारले निजी कारमा लाग्दै आएको वार्षिक कर समेत वृद्धि गरेको छ। आव २०७६र७७ मा १ हजार सिसीसम्मका कार (जिप (भ्यान र माइक्रो बसमा २० हजार ९ सय रुपैयाँ वार्षिक कर लाग्ने गरेकोमा आव २०७७ ७८ मा २१ हजार रुपैयाँ लाग्ने भएको छ। त्यसैगरी १ हजार १ देखि १५ सय सिसीसम्मका निजी कारमा २३ हजार १ सय कर लाग्ने गरेकोमा अब २३ हजार ५ सय रुपैयाँ वार्षिक कर लाग्नेछ।

१५ सय १ देखि २ हजार सिसीसम्मका कारमा २५ हजार ३ सय रुपैयाँ कर लाग्दै आएकोमा साउन १ देखि २५ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ। २००१ देखि २५०० सय सिसीसम्मका कारमा गत वर्ष ३५ हजार २ सय रुपैयाँ कर लागेकोमा चालु आवमा ३५ हजार ५ सय रुपैयाँ लाग्ने भएको छ।

त्यसैगरी २५ सय १ देखि २९ सय सिसीसम्मका कारमा ४० हजार ७ सय वार्षिक कर लाग्ने गरेकोमा चालू आवमा ४१ हजार रुपैयाँ कर कायम गरिएको छ। २९ सय १ सिसीदेखि माथिका कारमा ५८ हजार ३ सय रुपैयाँ कर लाग्दै आएकोमा चालु आवमा ५८ हजार ५ सय रुपैयाँ कर लाग्ने व्यवस्था बागमती प्रदेशले गरेको छ। यो कर साउन १ गतेदेखि नै लागू भएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #वार्षिक कर
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्