विश्वमा कोरोना भाइरसका कारण करिव एक करोड बालिबालिकाले स्कुल छाड्ने
काठमाडौं । विश्वमा फैलिएको कोरोना भाइरसले शैक्षिक संस्था बन्द भएका कारण करिव १ करोड बालवालिकाले बिद्यालय छाड्ने एक अध्ययनले जनाएको छ । सेभ द चिल्ड्रेनले गरेको अध्ययनले कोरोना भाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको जनाएको हो । उसले “अभूतपूर्व शैक्षिक आपतकाल” को संज्ञा समेत दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्याक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालयहरु बन्द रहेका कारण विश्वभरका १ अर्ब ६० करोड बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेको जनाएको छ । यो संख्या विश्वको कूल विद्यार्थी संख्याका करिब ९० प्रतिशत हो ।
सेभ द चिल्ड्रेनको प्रतिवेदनमा भनिएको छ, “हाम्रो मानव इतिहासमा विश्वभरका यति ठूलो संख्यामा बालबालिका पहिलोपटक विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । आर्थिक संकटका कारण करिब ९ करोडदेखि ११ करोड ७० लाख बालिबालिका गरिबीको चक्रमा फस्ने समेत अध्ययनले जनाएको छ । यसको असर बालबालिकाको पुनः विद्यालय भर्नामा पर्ने हुँदा सजग रहन सबैलाई आह्वान गरिएको छ । पारिवारिक समस्याका कारण धेरै बालबालिकाहरु काममा लाग्ने वा बालिकाहरुको चाँडो विवाह हुन सक्ने भन्दै प्रतिवेदनमा यही कारण ७० लाखदेखि ९७ लाख बालबालिकाले स्थायी रुपमै विद्यालय छाड्ने देखिन्छ । यस्तै, यही संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा न्यून वा मध्यम आय भएका मुलुकमा शिक्षाको बजेटमा करिब ७७ अर्ब डलरले कमी हुनेछ ।
सेभ द चिल्ड्रेनका कार्यकारी प्रमुख इन्गर आशिङले कोरोना महामारीका कारण करिब एक करोड बालबालिकाले स्कुल छाड्ने देखिएको जानकारी दिए । उनले सरकार तथा दातृ निकायहरुले तत्कालै शिक्षामा लगानी बढाउनुको विकल्प नरहेको बताएका हुन् । प्रतिवेदनमा विश्वका १२ वटा मुलुकमा सर्वाधिक असर पर्ने उल्लेख छ । ती देशहरुमा नाइजर, माली, चाड, लाइबेरिया, अफगानिस्तान, गिनी, मौरीटानिया, यमन, नाइजेरिया, पाकिस्तान, सेनेगल र आइभरीकोस्ट रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #बिद्यालय छाड्ने
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्