सार्वजनिक यातायात सञ्चालन गर्न ब्यवसायीको आनाकानी
काठमाडौं । तीन महिनादेखि थन्किएर रहेका सार्वजनिक यातायात सञ्चालनको सरकारले अनुमति दिएपनि ब्यवसायीले आनाकानी गरिरहेका छन् । सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि यातायात व्यवसायी भने छलफलमा जुट्दैछन् । सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी चलाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ । साढे तीन महिनासम्म ग्यारेजमा राखिएका गाडी अहिले नै चलाउन सक्ने अवस्थामा नरहेको र स्वास्थ्य सम्बन्धी मापदण्डबारे पनि स्पष्ट छैन् ।
सरकारले हिजो काठमाडौं, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ ।
ट्याक्सी बाहेक सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने नियम छ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । ट्याक्सीमा चालक बाहेक दुई जना सम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सार्वजनिक यातायात
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्