विवाद झनै बढेपछि नेकपा स्थायी कमिटि बैठक असार २२ गतेसम्मका लागि स्थगित
काठमाडौं । नेकपामा विवाद झनै बढेपछि अन्तिम समयमा आएर नेकपा स्थायी कमिटि बैठक स्थगित भएको छ । सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक असार २२ गते सम्मका लागि स्थगित भएको हो । शनिबार बिहान ११ बजे बस्ने भनिएको बैठक २२ गते सम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा अडिग रहेका पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष तथा दुवै पद नछोड्ने ओलीको अडानका कारण नेकपा लगभग ‘फुट’ को संघारमा पुगेको छ ।
सहमतिका लागि शुक्रबार दुबै अध्यक्षलाई छलफलका लागि जिम्मेवारी दिएपनि कुनै सहमति जुट्न सकेन । पार्टीका दोस्रो पुस्ताका नेताहरु कुनै पनि हालमा दुई अध्यक्ष मिल्नु र पार्टी एकतालाई जोगाउनुको विकल्प नरहेको भन्दै पहल जुटेपनि शीर्ष तहमा कुनै सकरात्मक निर्णय भएको छैन् ।
समस्या समाधानका लागि शुक्रबार ओली र प्रचण्डबिच लामो छलफल भएको थियो । सो छलफलमा दुवैले आफ्नो कुरा खुलस्त रुपमा राखेको सहभागी नेताहरुले बताएका थिए । ओली–प्रचण्डको सो छलफलमा ओलीले आत्मालोचना गरी गएको मंसिर ४ गते भएको सहमति अनुसार अघि बढ्ने प्रारम्भीक सहमति बनेको छ । स्थायी कमिटिमा अल्पमतमा परेका ओलीले कुनै पनि हालतमा पद नछोड्ने भए पनि प्रचण्ड–नेपाल पक्षले अरु विकल्पहरुमा पनि छलफल गरिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नेकपाको स्थायी कमिटि
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्