रसुवामा ९ जना भेटिएसँगै ७७ जिल्लामै पुग्यो कोरोना भाइरस

काठमाडौं । नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरस फैलिएको छ । बाँकी रहेको रसुवा जिल्लामा शनिबार ९ जनाका कोरोना पुष्टि भएपछि देशभर भाइरस फैलिएको हो । रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।पछिल्लो २४ घण्टामा नेपालमा थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा ५५४ र पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा १६ जनाका कोरोना पोजेटिभ देखिएपछि एकै दिन ५७० जनामा कोरोना भाइरस देखिएको हो । यो संँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय २५ पुगेको छ । जसमा १ हजार ३ सय ७७ महिला र १० हजार ९ सय ४१ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ। यसैबीच कोरानाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै सक्रमणबाट मृत्यु हुनेको सख्या २८ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म भएको परिक्षण विवरण
देशभर पीपीआर विधिबाट ४ हजार ६ सय ६ गरी आजसम्म २ लाख १० हजार ८ सय ७६ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ हजार ६ सय ८५ गरी २ लाख ९४ हजार ३४ जनाको परीक्षण भएको छ । अहिले क्वारेन्टिनमा ६५ हजार ७ सय १२ जना रहेका छन् । यस्तै ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालमा पछिल्लो दैनिक ५ सयभन्दा बढी संक्रमित भेटिइरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #७७ वटै जिल्लामा कोरोना
तपाईको कमेन्ट लेख्नुहोस्