एमसीसीबारे सहमति जुट्ला त नेकपा स्थायी कमिटी बैठकमा
काठमाडौं । प्रत्येक ३/३ महिनामा बस्नुपर्ने सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक बुधबार बस्दै छ । यसअघि पटक–पटक मिती तोक्दै स्थगित हुंदै आएको बैठकमा पछिल्लो समय विवादित देखिएका अमेरिकी सहयोग अनुदान एमसीसी देखि सरकार संचालनमा देखिएका कमीकमजोरी र समसामयिक विषहरुमाथि छलफल हुनेछ । लामो समयदेखी बस्न नसकेको नेकपा स्थायी कमिटि बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा प्रस्तुत हुने एजेण्डा तय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेललाई जिम्मा दिएपनि हाल सम्म एजेण्डा बाहिर ल्याइएको छैन । बैठकमा उठाउने विषयहरुबारे भने स्थायी कमिटि सदस्यहरुले तयारी गरेका छन ।
बैठकमा एमसीसी, समसामयिक विषय बस्तु देखि पार्टीको शैद्धान्तिक विषय, सरकार संचालनमा देखिएका त्रुटिहरु लगायतका विषय प्रमुख रुपमा उठाउने तयारी गरेका छन । केही स्थायी कमिटि सदस्यहरुले विगतदेखि उठ्दै आएको एक व्यत्ति एक मुख्य जिम्मेवारकिो विषय उठाउने तयारी गरेका छन । विधान अनुसार पार्टी संचालन नभएको भन्दै तिव्र आलोचना गर्दै आइरहेका बहुमत स्थायी समिति सदस्यहरुले अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई पनि बैठकमा प्रमुख एजेण्डाका रुपमा उठाउने तयारी गरेका छन । नेकपाभित्र निकै विवादित बनेको एमसीसीलार्य एमसीसी अध्यायन कार्यदलले बुझाएको प्रतिवदेनकै आधारमा संशोधन सहित पास गर्नुपर्ने पक्षमा छन । संशोधन बिना एमसीसी पार्टीले स्वीकार गर्न नसक्ने नेता देवेन्द्र पौडेल बताउछन ।
लामो समय पछि बस्न लागेको नेकपाको स्थायी कमिटि बैठक निकै महत्वपुर्ण र रोचक हुने देखिएको छ । बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धका बारे समेत प्रश्न उठ्ने बुभmिएको छ । यो बैठकले पार्टीलाई विधि संम्बद र सरकारलाई समेत दिशानिर्देश गर्न महत्वपुर्ण हुने नेताहरुले अपेक्षा गरेका छन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #नेकपा स्थायी कमिटी बैठक
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्