गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या २४७ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप २१ जना कोरोना संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १९ देखि ३६ बर्षसम्मका १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् ।
यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ सय ४७ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्