बिहिबार कोरोनाका कारण थप एक जनाको मृत्यु, २५० संक्रमित भेटिए
काठमाडौं । नेपालमा थप एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ५७ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको हो ।
बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो। उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १६ पुगेको छ। घाँटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारको लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको र त्यहाँ सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो। यसअघि अर्घाखाँचीमा भारतबाट आउँदै गर्दा भूमिकास्थानका एक युवाको पनि मृत्यु भएको थियो।
थप २५० जनामा कोरोना संक्रमण
२४ घण्टामा नेपालमा थप २५० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा पुरुष २ सय ३० पुरुष र २० जना महिला रहेका छन् । योसँगै कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । गत २४ घण्टामा १ सय ८७ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १ सय ७९ पुरुष रहेका छन् । योसँगै कूल निको हुनेको संख्या ८ सय ६१ पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसका कारण मृत्यु
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्