होला त लकडाउन खुकुलो ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लगायत विषयमा छलफल गर्न बिभिन्न क्षेत्रका बिज्ञहरुलाई परामर्शका लागि बोलाएका छन् । छलफलका लागि उनले आज दिउँसो चार बजे विज्ञहरुलाई बालुवाटार बोलाएका हुन् । आर्थिक, सामाजिक र स्वास्थ्यलगायत क्षेत्रका २५ जना विज्ञलाई छलफलका लागि बालुवाटार बोलाइएको हो । यो छलफलपछि मात्रै लकडाउनको मोडालिटीबारे निर्णय लिइने बुझिएको छ ।
सरकारले लकडाउन थप्ने मात्रै गरेको भन्दै ब्यवसायी तथा उद्योगीले आपत्ती जनाउदै आएका छन् । सरकारले आठौं चरण अन्र्तगत कोरोना नियन्त्रणका लागि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याए पनि नेपालमा संक्रमितहरुको संख्या बढिरहेको छ । लकडाउनको मोडालिटी परिवर्तन गर्न र आर्थिक गतिविधि सुरु गर्न सरकारमाथि चौतर्फी दबाब परिरहेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- २ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ३दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान
- ४आजदेखि आधा सिलिन्डरमात्र ग्यास पाइने, मूल्य ९५५
- ५तेल ढुवानीको प्रमुख जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’मा अवरोध जारी राख्ने इरानको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्