संसदमा संविधान संशोधन प्रस्ताव पेश
काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभामा पेश भएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संसदमा विधेयक पेश गरेकी हुन् । गत बुधबार सो प्रस्ताव प्रस्तुत हुने भनिएपनि अन्तिम समयमा आएर रोकिएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गर्न थप समय मागेपछि रोकिएको थियो । कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि संसदमा पेश गरिएको हो । सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।
भारतले अतिक्रमण गरेको लिम्पिायधुरा, कुटी, गुञ्जी, नावी, कालापानीसहितको भूभाग समेटेर राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची पनि संशोधन गर्ने प्रक्रिया अघि बढाउन लागिएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #संशोधन विधेयक
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्