Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

म देशको रक्षाका लागि कालापानी जान तयार छुः नायिका बर्षा राउत


काठमाडौं । नायिका बर्षा राउतले भारत र नेपालका मिडियाले दुबै देशका जनतालाई भिडाउने काम गर्न नहुने बताएकी छिन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नायिका राउले सञ्चारमाध्यमलाई नभई युटुवहरुले गलत शिर्षक राखेर अफवाह फैलाइरहेको भन्दै त्यसप्रति आपत्ती जनाएकी छन् । तर, सरकारले गरेको पछिल्लो काम उच्च प्रशंशा गरेको बताइन । १५ सेकेण्डको भिडियो बनाएर मलाई बद्नाम गरेको आरोप लगाइन । भिडियोमा साथी भनेर भनेपनि आफनो भारतमा एक जना साथी पनि नभएको जिकिर गरिन । अन्र्तवार्तामा नायिका राउतले युटुवका शिर्षकहरुप्रति आपत्ती जनाइन ।

आफूलाई  देश द्रोही भन्न नमिल्ने भन्दै आफनो शब्द चयनमा कमजोरी भएको नायिका राउत बताउछिन् ।

उनले संसारभरीका पत्रकार र स्वास्थ्यकर्मीलाई स्यालुट गर्ने भन्दै नेपालका सच्चा पत्रकारलाई सधैं सम्मान गर्ने बताइन । ३० मिनेटको भिडियोमा १५ सेकेण्डको भिडियो बनाएर आफनो भनाईलाई गलत बनाएको राउतको भनाई थियो । आफनो बोलाइमा केही कमजोरी भएकै कारण आफूले सामाजिक सञ्जालमा माफी मागेको समेत बताइन । नेपाली जनताले आफूलाई माफी दिने र आफनो फिल्म हेर्ने बिश्वास ब्यक्त गरिन । नायिका राउतले आफूले भनेको कुरालाई छोटो बनाएर बंग्याएर बद्नाम गरेको आरोप लगाइन ।

नायिका राउतले आफनो प्राथमिकता नेपाल र नेपाली जनता नै भएको दाबी गरेकी छन् । उनले भारतीय पक्षसँग कुटनितिक रुपमा छलफल र वार्ता गरेर अघि बढ्नुपर्ने भन्दै जनता जनतामा भिड्न नहुने बताइन । राउतले नायिका मनिषा कोइरालाले भनेको जस्तै कुरा आफनो पनि रहेको बताइन । नायिका बर्षा राउतले एक अन्र्तवार्तामा नेपाल र भारतको सीमा नाका सम्बन्धमा बिबादित अभिब्यक्ती दिएकी थिइन ।

उनले भारतीय र नेपाली पत्रकारका कारण आफूले भारतीय साथीहरुसँग कुरा गर्न कठिनाई भएको बताएकी थिइन । नायिका राउतले पत्रकारकै कारण दुई देशका साथीहरुबीच नै कुरा गर्न कठिनाई भएको भन्दै भिडियो सामाजिक सञ्जालमा राखेपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ । सरकारले लिपुलेक, लिम्पीयाधुरा र कालापानी समेटिएको नक्सा जारी गरेपछि भारतीय मिडियाले नेपालबारे अफबाह फैलाइरहेका छन् । त्यसैमा भारतीय मिडियासँग नेपालका पत्रकारहरुको नाम जोडेकी थिइन । उनले आफनो गल्ती स्वीकार गर्दे माफी पनि मागेकी छिन् ।


क्याटेगोरी : कला र मनोरञ्जन, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नायिका बर्षा राउत

तपाईको कमेन्ट लेख्नुहोस्