दिनदिनै बढ्दै कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४ सय ५७

काठमाडौं । बिहिबार मात्रै थप २९ जना कोरोना संक्रमित भेटिएका छन् । बाँकेको नेपालगञ्जमा २ र कपिलबस्तुमा १ गरी थप ३ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको हो । बिहिबार नै झापामा ८ र रुपन्देहीमा एक गरी ९ जना जना कोरोना भाइरस पोजेटिभ भेटिका थिए । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा झापाका १७ वर्षीय पुरुष, १८ वर्षीय दुई जना पुरुष, २० वर्षीय २ जना र २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी थिए। उनीहरु सबै लक्ष्मी देवकोटा मावि क्वारेन्टाइन कचनकवल झापामा रहेका छन् । त्यस्तै, रुपन्देहीका २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनी श्रीलंकन गेस्ट हाउस क्वारेन्टाइन लुम्बिनीमा रहेका छन् । बिहिबार बिहान मात्रै झापामा १५, धरान र सुनसरीमा एक एक जना गरी १७ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै, टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको हो । ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएको थियो । टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जना मात्रै रहेका छन् । योसँगै नेपालका कोरोनामुक्त भएर डिस्र्चाज हुनेको संख्या ४९ पुगेको छ ।
सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ र आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको नमुना परीक्षण गरिएको छ । पल्लिो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार चार सय १३ र आरडीटी विधिबाट तीन हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १महेश बस्नेत र दुर्गा प्रसाईँको मंसिर ७ को आन्दोलन (भिडियोसहित)
- २अव माइतीघरदेखि बानेश्वरसम्म आन्दोलन गर्न नपाइने, लगाइयो निषेधाज्ञा !
- ३रुकुमपश्चिममा जिप दुर्घटना, २२ जना घाइते, ५ को अवस्था गम्भिर
- ४उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियो यस बर्षको छठ पर्व
- ५टिकटक प्रयोग भएको पाइएमा खबर गर्न दुरसञ्चार प्राधिकरणको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्