थपिए १५ जना कोरोना पोजेटिभ, पुग्यो संक्रमितको संख्या ३९०
काठमाडौं ६ जेठ । नेपालमा थप १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश १ मा मात्रै ११ जना कोरोना संक्रमित भेटिएका हुन् । प्रदेश १ का झापामा ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो । उनीहरु झापाको केचनकवल गाउँपालिकाका हुन् । सोही गाउँपालिकामा एक युवकमा सोमबार कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो । त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोना पोजेटिभ देखिनेमा इटहरीका १८ वर्षका युवक र अर्का व्यक्ति सशस्त्र प्रहरी कर्मचारी हुन् । सुनसरीमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने झापामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । प्रदेश १ मा अहिलेसम्म संक्रमितको संख्या ५४ पुगेको छ ।
त्यस्तै कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ । दुई जनाको मुत्यु भएको छ भने ३७ जना उपचारपछि घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #कोरोना पोजेटिभ
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्