लकडाउन उलंघन रोकिएन, शनिबारदेखि जारी सबै पास रद्ध
काठमाडौं १ जेठ । सरकारले लकडाउन गरेको आज ५२ औं दिन । पछिल्लो समय लकडाउन उलंघन गर्ने क्रम बढेपछि सरकारले आजदेखि थप कडाई गर्न निर्देशन दिएको थियो । बुधबार भन्दा काठमाडौं उपत्यकामा केही कम सवारी साधन चले पनि लकडाउन उलंघन भने रोकिएन । सरकारले केही सरकारी कार्यालय र उद्योगहरु एक तिहाई कर्मचारीबाट सञ्चालन गर्ने निर्णय गरेसँगै काठमाडौं उपत्यकामा लकडाउन उलंघन गर्नेको संख्या ह्वात्तै बढ्यो । राजधानी लकडाउन नभएजस्तै देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रीपरिषद बैठकमा असन्तुष्टि जनाए । प्रधानमन्त्री ओलीले लकडाउनमा कडा गर्ने निर्देशन दिएपछि बिहिबार एक जिल्लाबाट अर्को जिल्ला जान जारी गरिएका पास समेत रद्ध गरियो । तर, बिहिबार बुधबार भन्दा केही सवारी साधन कम भएपनि लकडाउन उलंघन भने रोकिएन ।
काठमाडौं उपत्यकामै कोरोना संक्रमित भेटिएपछि लकडाउन कडा गर्न सडकमा सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । तर,बिभिन्न बाहनामा सडकमा नीजि सवारी साधन गुड्न छाडेका छैनन् । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गर्दा गर्दै पनि कतिपयले भने अटेरी गर्दै नियम उल्लंघन गरिरहेका थिए । लकडाउन उलंघनको क्रम नरोकिएपछि गृहमन्त्री रामबहादुर थापाले काठमाडौं उपत्यकाका महानगर तथा नगरपालिकाका प्रमुखलाई नै बोलाएर बैठक बसाले । बैठकले शुक्रबारदेखि लकडाउन अझै कडा पार्नुपर्ने निष्कर्ष निकालेको छ । शनिबारदेखि जारी सबै पास रद्ध गर्नुका साथै खाद्यान्न तथा तरकारी ढुवानी गर्ने सवारी साधानलाई समेत चेकजाँच गरिने छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएकाहरूलाई ठाउँको ठाउँ ३ घण्टासम्म ‘होल्ड’ गरेर पठाउने गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन उलंघन
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्