७ देखि १० दिन लकडाउन थप्न सिफारिस
काठमाडौं २३ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउनलाई निरन्तरता दिनुपर्ने निर्णय गरेको छ । चैत ११ गतेदेखि जारी रहेको लकडाउनलाई ७ देखि १० दिनसम्म अझै निरन्तरता दिनुपर्ने समितिले सरकारलाई सिफारिस गरेको हो । बैठकले सरकारले कोरोनाभाइरस संक्रमण रोक्न र शून्यमा झार्न सवै शक्ति परिचालन गर्नुपर्ने बताएको छ । कोही पनि व्यक्ति र नागरिक मुलुकमा कोरोनाबाट मृत्युबरण गर्न नपरोस् र थप संक्रमण फैलिन नपाओस भनी लकडाउनलाई निरन्तरता दिनुको बिकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ । लकडाउन कति दिन थप्ने भन्ने निर्णय भोलिको मन्त्रिपरिषद बैठकले गर्नेछ । कतिपय जिल्लामा लकडाउन खुकुलो बनाउने प्रस्ताव पनि गरिएको छ । औषधि तथा खाद्य सामग्री ढुवानीका लागि भने सहज बनाउनुपर्ने छलफल पनि भएको छ । यद्यपी कुन जिल्लामा खुकुलो बनाउने हो वा मापदण्ड के हो भन्ने खुलाइएको छैन । थपिएको लकडाउनको म्याद २५ गतेराति १२ बजेदेखि सकिदैछ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । नेपालगञ्जमा मात्रै मंगलबार ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्म नेपालमा ८२ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन’
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्