प्रधानमन्त्रीको बामदेव कार्डमा होला त नेकपाको बिबाद साम्य ?
काठमाडौं २० बैशाख । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि शनिबारका लागि बैठक बोलाइएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेको थाहा पाएपछि प्रधानमन्त्री ओलीले गौतमको नाम प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओलीले नेपाललाई तेस्रो पाटी अध्यक्ष बनाउने समेत प्रस्ताव गरेका छन् । तर, नेपाल पक्षीय नेताहरु त्यो स्वीकार गर्न नसकिने बताएका छन । उनीहरुले प्रचण्ड र नेपाललाई प्रधानमन्त्री ओलीको राजीनामा माग्नेबाट पछि नहट्न सुझाव दिइरहेका छन् । सचिवालयमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, गौतम, नारायणकाजी श्रेष्ठ, बिष्णु पौडेल ओलीको बिकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् । तर, पूर्व माओवादीका मन्त्री भएका नेताहरु समेत ओलीको पक्षमा उभिन थालेपछि प्रचण्डलाई समस्या परेको छ । गत सचिवालयमा गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावपछि नेकपाको समिकरण नै बदलिने पनि कतिपयले आकलन गरेका छन् । दुई पक्षीय नेताहरु आ–आफनो रणनिति यो तीन दिन आन्तरिक छलफल गरेका छन् । आजको बैठकमा एउटा निष्कर्ष निकाल्ने सोचमा नेताहरु रहेका छन् । २० जना स्थायी कमिटि सदस्यले स्थायी कमिटि बैठक बोलाउन हस्ताक्षर समेत बुझाएका छन् । तर, प्रधानमन्त्री ओली अल्पमतमा पर्ने हुँदा तत्काल बैठक बोलाउने सोचमा छैनन् । आज बस्ने बैठकले बामदेवको नाम अनुमोदन गर्ने या स्थायी समिति बैठक बोलाउने यी दुई बिषयमा नै छलफल हुने देखिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपाको बिबाद
ताजा खबर
- १अप्टिकल व्यवसायका समस्या समाधानमा गर्ने कार्यवाहक मेयर डंगोलको प्रतिबद्धता
- २प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- ३इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ४मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ५खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग



तपाईको कमेन्ट लेख्नुहोस्