राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोनमा संवाद
काठमाडौं १६ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ रास्ट्रपति सी चीन जिनपिङबीच टेलिफोन वार्ता भएको छ । नेकपामा कलह चुलिएका बेला चिनियाँ राष्ट्रपति सीले भण्डारीसँग वार्ता गरेका हुन । । चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्ववाका अनुसार राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग कोरोना भाइरसविरुद्धको लडाइँका लागि नेपाललाई आवश्यक सहयोग जारी राख्ने आश्वासन दिएका छन् । उनीहरुबीचको वार्तामा सीले दुई मुलुकहरूका स्वास्थ्य संस्थाहरुबीचको सम्पर्क र साझेदारी बलियो बनाउनेबारे जोड दिएका छन् । राष्ट्रपति भण्डारी र नेपालस्थित चिनियाँ राजदुत हाउ यान्छीसँग पनि भेट भएको थियो । राष्ट्रपति भण्डारीले एकाएक विदेशी राजदूतलाई भेट्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी
ताजा खबर
- १२१ निर्वाचन क्षेत्रमा पार्टीभित्र ठूलो अन्तर्घातले काँग्रेस पराजित भयो
- २निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश
- ३गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- ४रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ५‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’



तपाईको कमेन्ट लेख्नुहोस्