गाडी रित्तै, सर्वसाधारण पैदल

काठमाडौं १५ बैशाख । सोमबार बिहानै काठमाडौंको नागढुंगामा खचाखच भरिएका सवारी साधन भित्रिए । लकडाउनका कारण यतिबेला सरकारले आवत–जावतमा पूर्ण रुपमा बन्द गरेको छ । तर, अचानक कसरी यात्रुहरु काठमाडौं आइपुगे भन्ने सुरक्षाकर्मी नै आश्चार्यमा परे । उनीहरु थिए बिराटनगर महानगरपालिकाले पठाएका यात्रुहरु । तर, नागढुंगामै यात्रुहरुलाई प्रहरीले रोक्यो र सवारी साधनलाई भने काठमाडौं भित्रन दियो । करिव ३ घण्टा रोकिएका यात्रुहरु मध्ये केहीलाई नाम र ठेगाना टिपाएर पैदल हिडेर जान सुरक्षाकर्मीले नै भने । जसका कारण गाडीहरु रित्तै काठमाडौं भित्रिए भने यात्रुहरु पैदल नै हिडे ।
अझ् केही यात्रुहरुलाई त बिराटनगर फर्काउने तयारी भइरहेको छ । काठमाडौं भित्रिएका यात्रु पुनः बिराटनगर पठाउने सरकारले निर्णय गरेपछि आलोचना भइरहेको छ । बिराटनगरका मेयर भिम पराजुलीले त काठमाडौंले हेपाह प्रबृत्ती देखाएको भन्दै आक्रोश ब्यक्त गरेका छन् । सरकारले नागरिकलाई उचित गन्तब्यमा पुर्याउन सक्नुपथ्र्यो । जसलाई सरकारले बेवास्था गरेको देखिन्छ । धनगढी, बिराटनगर लगायतका ठाउँबाट आएका यात्रुबस थुनिएपछि सयौं यात्रु अलपत्र परेका छन् । थानकोट प्रहरीले विराटनगर महानगरपालिकाले पठाएका यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोेकेको छ । विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १ सय ६० यात्रुमध्ये ४२ जनालाई अहिले नागढुंगा चेकपोस्टमै रोकिएका थिए ।
नागढुंगामा खटिएका प्रहरीले यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर यात्रुलाई छाडेका थिए । प्रहरीले आएका यात्रुहरुलाई थानकोटमा रोकेर राखेको बताएपनि धेरै यात्रु भने भित्री बाटो हुँदै गन्तव्यतर्फ गइसकेका छन् । प्रहरीले चेकपोष्टबाट तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो । बिहान ८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका यात्रुहरु काठमाडौं प्रवेश गरिसकेका थिए । तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्