लकडाउन १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्बियो
काठमाडौं १४ बैशाख । सरकारले लकडाउन दश दिन लम्ब्याएको छ । बैशाख १५ गते सकिने लकडाउन बढाएर बैशाख २५ गते पुर्याएको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो। सरकारले चौथो पटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन्। सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारले यसभन्दा अघि १५ दिन लकडाउन लम्ब्याएको थियो। बिभिन्न जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले लकडाउन लम्ब्याउनै पर्ने निर्णय गरेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #लकडाउन १० दिन थपियो
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्