लोकतन्त्रको १४ बर्ष, सच्चिएनन् राजनीतिक दल
बैशाख ११ अर्थात् लोकतन्त्र दिवस । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र आएको १४ बर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । तर, यसबर्ष कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउन ३१ औं दिन भएका कारण पनि औपचारिक कार्यक्रम भने गरिने छैन् । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित जनताले अधिकार प्राप्त गरेका थिए । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २ सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा पनि भयो । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ । तर, जनताको बलिदानबाट प्राप्त लोकतन्त्र आभास जनताले गर्न नपाएको गुनासो पनि बढेको छ । राजनीतिक परिवर्तनका लागि जनता सडकमा उतारेका नेताहरु भने अझै पनि स्वार्थबाट बाहिर निस्कन नसकेको गुनासो बढेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #लोकतन्त्रको १४ बर्ष
ताजा खबर
- १इप्पान अध्यक्ष कार्की भन्छन्ः १० महिना भइसक्यो, वनमा छिर्न पाइँदैन, कसरी आयोजना पूरा गर्ने ?
- २ओली हावा कुरा गर्छन्, ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः दाहाल
- ३नेपाली कम्युनिष्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेपालबीच पार्टी समायोजन (तस्बिरहरु)
- ४दुर्गा प्रसाईंको समूहले सरकारसँग राख्यो २७ बुँदे माग
- ५नागरिक उन्मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट पायो दल दर्ताको प्रमाणपत्र



तपाईको कमेन्ट लेख्नुहोस्