उदयपुरमा अर्का एक जनामा कोरोना संक्रमण, संक्रमतिको संख्या ३२ पुग्यो
काठमाडौं ९ बैशाख । नेपालमा अर्का एक जनामा कोरोना संक्रमण देखिएको छ । उदयपुरमा फेरि एक जना ३३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३२ पुगेको छ । जसमध्येका ४ जना भने उपचार पछि निको भइसकेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा उनीमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्यको भने धरानस्थित कोसी अञ्चल अस्पताल र केन्द्रीय प्रयोगशालामा परीक्षण भइरहेको भन्दै नतिजा आउन बाँकी रहेको प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए । उदयपुरमा थप १०० जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना संकलन गरिएको छ । ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका छन् । पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । र्यापिट डाइग्रोस्टिक टेस्ट आरडीटी विधिबाट हालसम्म २७ हजार ९ सय ५६ वटा नमूना परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्र २ हजार ८ सय ८ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको थियो । आरडीटी विधिबाट हुने परीक्षण ७७ वटै जिल्लामा शुरु भएको छ । आरडीटी विधिबाट गरिने परीक्षणका क्रममा व्यक्तिमा कोरोना संक्रमण भएको संकेत दिने एन्टिबडी पोजेटिभ देखिएमा पीसीआर विधिबाट पुनः परीक्षण गरिनेछ ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- २२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन
- ३बालेन र सुधनलाई ऐन महरको चेतावनी- प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
- ४सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा
- ५राष्ट्रिय सभामा दलले यसरी मिलाए भागबण्डा



तपाईको कमेन्ट लेख्नुहोस्