देउववाले भने संयम र सद्भावबाट कोरोनाको सामना गरौं
काठमाडौं ८ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम र सद्भावका साथ कोरोना भाइरसको संक्रमणबाट बच्चुपर्ने बताएका छन् । सभापति देउवाले एक बिज्ञप्ती जारी गर्दे कोरानाको कारण उत्पन्न परिस्थितिको सामना गर्न सबैलाई अपिल गरेका हुन् । कुनै पनि जात, धर्म अथवा समुदायको आस्था तथा भावनामा चोट पुग्ने ढंगले व्यवहार र अभिव्यक्ति नदिन देउवाले सबैलाई आग्रह गरेका छन् । उनले कुनैपनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि म अपिल गरेका छन् । उनले आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि हार्दिक अपिल गर्न चाहेको बताएका छन् । सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् । कोरोनाको जोखिम सामना गर्न परिक्षणको दायरा समुदाय स्तरमा तीब्र रुपले विस्तार गर्नुपर्ने आवश्यकता म फेरि पनि औंल्याउन चाहेको देउवाले बताएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सभापति शेरबहादुर देउवा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्