मन्त्रिपरिषदको बैठक बस्दै,के गर्ला निर्णय ?
काठमाडौं ८ बैशाख । आज मन्त्रिपरिषको बैठक बस्दैछ । सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक बोलाइएको हो । नियमित कामकारवाही तथा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले गरिरहेको नीति, योजना र कार्यक्रमबारे छलफल हुने बताइएको छ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । बैठकमा अलपत्र मजदुरहरुको उद्दारका बारेमा पनि छलफल हुनेछ । सरकारले लकडाउनमा दिने भनेको राहत प्याकेज, विदेशमा रहेका नेपालीहरुको व्यवस्थापन लगायतका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र प्रशासनले थाहा नपाउँदै मिडिाले कसरी थाहा पाउछन् भन्दै आक्रोश पोखेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #मन्त्रिपरिषदको बैठक
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्