विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघ्यो

काठमाडौं १ बैशाख । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार भन्दा बढी पुगेको छ । केहीबेर अघिसम्मको तथ्याङ्क अनुसार १८ लाख ५३ हजार भन्दा बढी संक्रमित भएका छन् । करिब ४ लाख २४ हजार उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५ सय २८ जनाले ज्यान गुमाएका छन् भने बेलायतमा ७ सय ३७ जनाको मृत्यु भएको छ ।
यस्तै, सोही अवधिमा स्पेनमा ६ सय ३ जनाको मृत्यु भएको छ भने फ्रान्समा ५ सय ६१ जनाले ज्यान गुमाएका छन् । यस्तै, सोही अवधिमा इटालीमा ४ सय ३१ जनाको मृत्यु भएको छ भने बेल्जियममा २ सय ५४ र जर्मनीमा १ सय ५१ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #कोरोना संक्रमण
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्