१० दिनमै १२ शैयाको आइसोलेसन कक्ष बनाउदै आठबिसकोट नगरपालिका
रुकुम पश्चिम ३० चैत । जिल्लाको आठविसकोट नगरपालिकामा आइसोलेसन कक्ष निर्माणको काम धमाधम भइरहेको छ । कोरोना भाइरसको त्रासमा देश लकडाउनले ठप्प रहेको बेला आठबिसकोट नगरपािलका भने आइसोलेसन कक्ष बनाउन रातदिन काम गरिरहेको छ । रुकुमपश्चिममा अहिलेसम्म कोरोना भाइरसको संक्रमण त देखिएको छैन् । तर, पूर्व तयारीका लागि आइसोलेन कक्ष १० दिनमै निर्माणका लागि काम भइरहेको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी नगरपालिकाले १२ शैयाको आइसोलेसन कक्ष स्थापना गर्न लागेको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामी लगायत अन्य कुनै पनि सरुवा रोगका विरामीहरुलाई अलग्गै राखेर उपचार गर्नका लागी आइसोलेसन कक्ष स्थापना गर्न लागिएको नगरप्रमुख केसीको भनाई छ । वडा नम्बर ९ स्थित आठविसकोट नगर अस्पताल नजिकै अहिले काम छिटो सम्पन्न गर्नका लागी रातमा पनि बत्ती बालेर काम भइरहेको छ ।

१० दिनभित्रमा भवनको सबै काम सक्ने नगरपालिकाले लक्ष्य लिएको छ । शनिबार बिहानसम्म आधा काम सकिएको र तोकिएको समयमै काम सक्ने गरी काम भइरहेको छ । आइतबारदेखि ढलान सुरु भएको छ । दैनिक ६०–७० जना कामदार निर्माणका लागि खटिएका छन् । स्थानीय विभिन्न समूह तथा सहकारी लगायतका सदस्यले समेत श्रमदान गरिरहेका छन् । भवनमा सात वटा कोठा र एउटा हल छ । जसमध्ये ६ वटा कोठामा बाथरुम समेत बनाइने छ । एउटा नर्सिङ वार्ड हलमा जनरल वार्ड राखिने नगरपालिकाले जनाएको छ ।
सिमेन्ट, इँटा, शौचालय निर्माणलगायतमा नगरपालिकाले २० देखि २५ लाख मात्रै खर्च हुने देखिएको छ । स्थानीयले भवन निर्माणमा उत्साह थप्दै आर्थिक सहयोग पनि गरिरहेका छन् । भवन मात्रै ६९ लाख ४५ हजारमा बन्ने गरी डिजाइन स्टिमेट बनेको छ। त्यसमा उपकरण खरिद र जडानको खर्च जोडिएको छैन। अलिेसम्म ५० प्रतिशत काम सकिएको स्थानीयले बताएका छन् । आइसोलेसन निर्माणका लागि नेपालगन्ज र दाङबाट निर्माण सामाग्री लिएर ५ वटा ट्रक आईपुगेका छन् । भने मेडिकल उपकरण पनि ल्याउने तयारी नगरपालिकाले गरेको छ ।क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #आठविसकोट नगरपालिकामा आइसोलेसन कक्ष
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्