एक घण्टा नि टिकेन सरकारी निर्णय,ढाकछोप गर्न खोज्दा झनै छताछुल्ल
काठमाडौं २७ चैत । सरकारले दुई दिन सर्वसाधारणलाई उपत्यका बाहिर पठाउने निर्णय आफै सार्वजनिक गरेको फेला परेको छ । शुक्रबार र शनिबार काठमाडौं उपत्यकामा समस्यामा परेका सर्वसाधारणलाई जिल्ला पठाउने गरेको निर्णय एक घण्टा नबित्दै उल्टाएको छ । सरोकारवाला निकायसँग छलफल नगरी एकलौटी ढंगले संवेदनशील निर्णय गर्दा सरकारका मन्त्रीहरु फेरि विवादको घेरामा तानिएका छन्। सरकारका उच्च ओहदामा रहेकाहरुले हतारमा एकलौटी निर्णय गर्ने र सार्वजनिक रुपमा विरोध उत्पन्न भएपछि सञ्चारमाध्यम तथा सामाजिक सञ्जाललाई अपजस दिएर उम्कने प्रयास गरेपनि त्यो गलत भएको छ । लकडाउनका कारण मानिसहरु पैदलै लामो दूरी तय गर्न थालेको तर सरकार मूकदर्शक बनेको व्यापक गुनासो आउन थालेपछि शुक्रबार र शनिबार काठमाडौँ बाहिर जान दिने, आउन नदिने निर्णय गरेको डेढ घण्टामै उल्टाएपछि बिहीबार कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसहित सदस्यहरु विवादमा तानिएका हुन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकाबाट दुईदिनका लागी गाउँ फर्किन दिने बारे कुनै निर्णय नभएको बताए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समित बैठकले दुई दिन उपत्यका बाहिर जान चाहानेहरुलाई छुट दिने निर्णय गरेको समाचार बाहिरिएको थियो । तर, शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय प्रदेश र स्थानीय सरकारका कारण फिर्ता लिनु परेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समितिले उपत्यकाबासीलाई शुक्रबार र शनिबार बाहिर जाने दिने निर्णय गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्ना आधिकारिक फेसबुक पेजमा सूचना राखेको थियो । यो सूचना एकाएक भाइरल भएको थियो । तर रक्षामन्त्री ईश्वर पोखरेल र गृह मन्त्रालयले छुट्टाछुट्टै विज्ञप्ति निकाल्दै समाचार झुटो उल्टो आरोप लगाइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #एक घण्टा नि टिकेन सरकारी निर्णय
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्