ह्वात्तै बढाइयो तरकारीको मुल्य
काठमाडौं २६ चैत । नेपालमा पनि कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण र न्यूनिकरणलाई मध्यनजर गदै सरकारले गत चैत ११ गतेबाट लकडाउन गरेपछि दैनिक उपभोग्यीय सामाग्रीहरु समेत अभाव देखिन थालेको छ । यही मौकामा व्यापारीहरुले खाद्यान्त लगायत तरकारीहरु समेत अभाव सृजना गर्द चर्को मुख्य वृद्धि गरेर उपभोक्ता ठग्ने थालेका छन् । व्यापारीहरु उही मौकाको फाइदा उठाउन लागीपरेका छन् ।बजारमा चिकित्सकीय सामाग्रीहरु त अभाव छदै छ, दैनिक उपभोग्य सामाग्री खाद्यान्न तरकारी तथा फलफुलमा समेत व्यापारीहरुले आफु खुसी मुल्य तोकेर बेचविखन गर्न थालेका छन । कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य भन्दा दोब्बर तेब्बरमा मुल्य लिएर खुद्रा व्यापारीहरुले तरकारी बेचेको भेटिएको छ । आमउभोक्तालाई यतिबेला कोरोनाको संक्रमणको डर संगै चर्को मुल्यमा तरकारी खरिद गर्नुपरीरहेको बाध्यतामा छन ।
कालीमाटी तरकारी तथा फलफुल बजारको आइतबार मुल्यसुचिलाई मात्रै हेर्ने हो भने तरकारी मुल्य घटेको देखिन्छ । तर, त्यही कालीमाटीबाट अन्य ठाउंहरुमा लगेको खुद्रा व्यापाहरुले भने दोब्बर तेब्बर मुल्यमा बेच्चे गरेका छन । कालिमाटी बजारमा सेतो मुलाको थोक मूल्य औसत १२ रूपैयाँ किलो छ तर खुद्रा व्यापारीहरुले ४० देखि ५० रूपैयाँ सम्म मुल्य लिइरहेका छन । भने तरकारी गाजर, डल्लो फर्सी, लाम्चो भन्टा, बन्दा, काउली, सिमी,काउली लगायतका अन्य तरकारीको मुल्य पनि उही हाराहारीमा छन ।वनस्थलीको ढुङगेधारामा रहेको तरकारी बजारमा अहिले धेरै भिडभाड हुने गरेका कारण त्यस्ता ठाउंहरुमा प्रहरी र स्थानीय क्लवहरुको समन्वयमा केही व्यवस्थित बनाएका छन । त्यहाँका अधिकांश व्यापारीले कालामाटीबाटै तरकारील ल्याउने गर्छन्। तर उपभोक्ताले तिर्नुपरेको महंगो शुल्कबारे भने व्यवस्थापन समितिले चासो देखाएको छैन। सरकारले अत्याआवश्यक सामाग्रीहरु खाद्यान्न तथा तरकारी फलफुल लगायतका दैनिक उपभोग्य बस्तुहरुको आपुर्तिमा र खरिदमा कुनै रोक नलगाएपनि आमउपभोक्ताहरु भने यसरी त्रास संगै चर्को मुल्य तिर्न बाध्य भइरहेका छन ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #तरकारीको मुल्य
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्