Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

न आत्तियौं, सुरक्षित रहौं, घरमै बसौं


तपाई हामीलाई सुरक्षित राख्न सरकारले फेरि ८ दिन लक डाउन लब्याएको छ । कति मानिस आत्तिनुहोला, कति मानिस छटपटाउनु होला अझै् एक साता घरमै बस्ने भन्दै दिक्क पनि मान्नुहोला । तर, यो लक डाउन थप्नु तपाई हामीलाई नै बचाउन र सुरक्षित राख्न हो । हुनत् सरकारले लक डाउन सुरु गरेको यो दुई साता निक्कै कष्ठकर भयो होला । बिश्व नै कोरोना भाइरससँग लडिरहेको छ । मै हुँ भन्ने शक्तिशाली देशलाई नै कोरोनाले सताइरहेको छ । कोरोनाको संक्रमण घट्ने छाटकाट देखिदैन् । मृत्यु हुनेको संख्या पनि बढेको बढ्ढै छ । तपाई हामी सजग भएनौं होसियार भएनौं भने नेपालको अवस्था झनै् बिकराल बन्ने देखिन्छ । किन कि यहाँ राहात बाँढ्ने नाममा स्थानीयले तहले जम्मा गरेको भिडले जोखिम बढाइरहेको छ । राहात बाढ्दा पनि मनपरी छ । राहात नै पहुँचवाला, हुने खाने र घरमा टन्न खाद्यान्न र पैसा हुनेहरुले लिइरहेका केही दृश्यले हामी सबैलाई गिज्याइरहेको छ । अझ् दुई किलो चामल र एक पोका नुन बाढ्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारीको लर्को र फोटो खिचेर सामाजिक सञ्जालमा राख्नेहरुको भिडले त साच्चिकै भन्न मन लाग्यो तपाईहरुलाई लाज लाग्दैन् । यो उत्सव मनाउने बेला होइन । बिश्व नै संकटमा परेको बेला दैनिक ज्याला मजदुरी गरी साँझ बिहानको छाक टार्न नसकेका ब्यक्तीहरुका लागि बितरण गर्न लागिएको राहातमा पनि मनपरी । तपाई घरमा बसे परिवार सुरक्षित हुन्छ, तपाई घरमा बसे समाज सुरक्षित हुन्छ । समाज सुरक्षित भयो भने राष्ट्र नै सुरक्षित हुन्छ । खोई बुझेको ? यो नेपाल बन्द होइन पाँच बजेपछि खुल्ने र बजारमा जमघट गर्ने ? यो त कोरोना भाइरससँगको लडाई हो ? मानव जातिले जित्ने की कोरोना भाइरसले सक्ने भन्ने सवाल हो । केही दिन तरकारी नखादैमा मरिदैन् । केही दिन दाल भात खादैमा मात्रै पनि मरिदैन् । साँझ र बिहान तरकारी किन्न हुलकाहुल बजार निस्कने हो भने तपाई दिनभर कोठामा बसेको औचित्य के ? कतै तरकारी किन्ने भिडमा कोरोना संक्रमित रहेछन् भने तपाई र तपाईको परिवारको हालत के हुन्छ कहिल्यै सोच्नुभएको छ ? घरमै बस भन्दै सुरक्षाकर्मीले कति दिन तपाई हाम्रा लागि लठ्ठी हान्नुपर्ने र पक्राउ गर्नुपर्ने हो ? बिदेशीएका दाजुभाई स्वदेश फर्किने चाहना राख्दा राख्दै कोरोनाकै कारण उतै अस्ताएका छन् । नेपालमा यतिबेलासम्म नौ जनामा संक्रमण देखिएको छ । तर, एक जना निको भएर घर फर्किदा आठ जनाको उपचार भइरहेको छ । नेपालमा पनि दोस्रो चरणको कोराना संक्रमण सुरु भएपछि चिकित्सकहरुले थप सजकता अपनाउन आग्रह गरिरहेका छन् । तर, तपाईहरु अटेरी गरिरहनुभएको छ । नीजि अस्पतालले तपाई हाम्रो सेवा गर्न छोडिसके । यदि नेपालमा पनि इटली, अमेरिका, स्पेन,जर्मनी, फ्रान्स, बेलायत जस्तो संक्रमण फैलियो भने यहाँ उपचारको त कुरै छाडौं बेड समेत नपाएर सडकमै छटपटाउदै मनुपर्ने दिन तपाई हाम्रै कारणले निम्तीन सक्छ ? सरकारले जारी गरेको लकडाउन पालना नगर्नाले मलामी नपाउने दिन नआहोस् । न आत्तियौं, सुरक्षित रहौं घरमै बसौं ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विचार/लेख, समाचार
ट्याग : #८ दिन लक डाउन

तपाईको कमेन्ट लेख्नुहोस्