Techie IT
  • २७ वैशाख २०८२, शनिबार
KhojPatrika

सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा


काठमाडौं ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले ७० करोड कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बास्कोटाको चौतर्फी आलोचना भएको थियो । बालुवाटरमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलबाट बास्कोटालाई राजीनामा दिन लगाइएको थियो । राजधानी बाहिर रहेका बास्कोटा राजधानी आएलगत्तै राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले दुबै संसद् अवरुद्ध गरेको थियो । काँग्रेस सांसद पुष्पा भुषालले संसदमा सञ्चारमन्त्रीको राजीनामा मागेर संसद अवरुद्ध गर्ने घोषणा गरेसँगै काँग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । त्यसैबीचमा सभामुख अग्नि सापकोटाले आफुलाई सञ्चारमन्त्रीले राजीनामा दिएको अनौपचारिक जानकारी आएको जानकारी गराएका थिए । त्यसपछि सभाममुख सापकोटाले बैठक फागुन १३ गते मंगलबार बस्नेगरी स्थगित गरेको घोषणा गरेका छन् । संसदमा बोल्ने क्रममा काँग्रेसकी सचेतक समेत रहेकी भुषालले सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड घुस मागेको विषयले राष्ट्रिय राजनीति तातेको भन्दै गरिब नेपाली जनताले सुशासन र आर्थिक समृद्धि खोजेको बताएकी थिइन् । नयाँ संविधानले पनि सुशासनका लागि भ्रष्टाचार हुनुहुँदैन भनेर त्यो सन्देश नेपाल सरकारलाई दिएको थियो । तर, क्याविनेटबाट भ्रष्टाचारका विषयहरु बाहिरिएका छन् । यसमा प्रमुख प्रतिपक्षको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएकी थिइन । सेक्युरिटी प्रिन्टिङ प्रेसका बारेमा मन्त्री र एजेन्टबीचको बार्गेनिङ सवै सञ्चारमाध्यमा आएको छ । सांसद भुसालले प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई अब्बल दर्जाको बनाएको भनेकोप्रति व्यङ्ग्य गर्दै भनिन भष्टाचार गर्नका निम्ति अब्बल मन्त्रीको संज्ञा समेत दिइएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सञ्चारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा

तपाईको कमेन्ट लेख्नुहोस्