प्रदेश ३ को राजधानी हेटौडा र नाम बाग्मती दुई तिहाई मतले पारित
काठमाडौं २७ पुस । प्रदेश ३ को स्थायी राजधानी मकवानपुरको हेटौडा र नाम बाग्मती रहने प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभामा स्वतन्त्रसहित १ सय १० सांसदमध्ये १ सय ८ को सहभागि रहेको थियो । जसमध्ये राजधानी हेटौडा र नाम बाग्मती रहने प्रस्तावको पक्षमा १ सय ५ मत परेको छ भने बिपक्षमा ३ मत परेको छ । प्रस्तावको पक्षमा दुई तिहाई मत परेपछि अव स्थायी राजधानी हेटौडा र नाम बाग्मती भएको छ । यसअघि प्रदेश ३ को स्थायी राजधानी धुलिखेल गर्ने प्रस्ताव अस्वीकृत भएको थियो । प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । आइतबार प्रदेश ३ को प्रदेशसभा बैठकमा भएको मतदानमा यो प्रस्ताव अस्वीकृत भएको हो । प्रदेश ३ प्रदेशसभाका १ सय १० मध्ये उपस्थित भएका १०४ सांसदमा ३ जनाले मात्रै धुलिखेललाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रदेशको स्थायी राजधानीका हेटौँडा कायम गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेल प्रस्ताव गरेका थिए । यो प्रस्तावमा नेपाली काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका रीता माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) की रीना गुरुङले समर्थन गरेका थिए । प्रदेशको नामाकरण बागमती कायम गर्न काँग्रेस संसदीय दलका नेता बानियाँले प्रदेश सभा सचिवालयमा पेश गरेको प्रस्तावमाथि नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल, विवेकशील नेपाली दलका पौड्याल, साझा पार्टीका शाक्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका माझी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गुरुङ समर्थक रहेका गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रदेश ३
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्