प्रतिनिधिसभाको बैठक बस्दै, राजीनामा नदिने उपसभामुख तुम्बाहाङ्फेको अडान
काठमाडौं २७ पुस । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाएपनि बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी छ । अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन् । नेकपा सचिवालयको हिजो बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेपनि सभामुखमा कसलाई उठाउने भन्नेबारे निर्णय गर्न सकेन । अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने अडानमा छन । सभामुख उम्मेदवारको टुंगो नलागेको र उपसभामुखको राजीनामा पनि आइनसकेका कारण सभामुख निर्वाचनको कार्यतालिका बन्न सकेको छैन । यही अन्योलताका कारण गत पुस १५ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको बैठक बस्दै
ताजा खबर
- १संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- २५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन
- ३गृहमन्त्रीले जेन–जीका माग पूरा गर्दैनन्ः सुदन गुरुङ
- ४सुशासन र सुरक्षाका चुनौतीबीच दृढ नेतृत्व प्रदर्शन गर्नेछुः महानिरीक्षक कार्की
- ५नेशनल आइडी कार्ड बनाएका नेपालीले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्छः रामप्रसाद भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्