प्रतिनिधिसभाको बैठक बस्दै, राजीनामा नदिने उपसभामुख तुम्बाहाङ्फेको अडान
काठमाडौं २७ पुस । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाएपनि बैठक बस्न लागेको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले सभामुख निर्वाचनको कार्यतालिका गराउने तयारी छ । अन्योलका कारण बैठकको सम्भावित कार्यसूची नै बन्न सकेको छैन् । नेकपा सचिवालयको हिजो बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेपनि सभामुखमा कसलाई उठाउने भन्नेबारे निर्णय गर्न सकेन । अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्बाङलाई सभामुख बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति सदस्य अग्नी सापकोटालाई सभामुख बनाउने अडानमा छन । सभामुख उम्मेदवारको टुंगो नलागेको र उपसभामुखको राजीनामा पनि आइनसकेका कारण सभामुख निर्वाचनको कार्यतालिका बन्न सकेको छैन । यही अन्योलताका कारण गत पुस १५ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभाको बैठक बस्दै
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्