Techie IT
  • १ माघ २०८१, मंगलबार
KhojPatrika

यस्तो देखियो खण्डग्रास सूर्यग्रहण


काठमाडौं १० पुस । ५९ वर्षपछि बिहीबार कृष्ण औँसीका दिन खण्डग्रास अर्थात सूर्यग्रहण लागेको छ । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण काम गर्न नहुने धार्मिक मान्यता छ । ग्रहणको अबधि २ घण्टा ४९ मिनेटसम्म रह्यो । सूर्यग्रहण काठमाडौंमा विहान ८ बजेर ४३ मा सुरु भई ११ बजेर ३३ मा सकिएको थियो । सुदूरपश्चिमको महेन्द्रनगरमा ८ बजेर ३८ मा सुरु भई ११ बजेर १९ मा, पूर्वको झापामा भने ८ बजेर ४८ मा सुरु भई ११ बजेर २७ सम्म रह्यो । करिब ६ वटा ग्रहहरु एकैस्थानमा रहेर लाग्न लागेको ग्रहण हुनाले पनि विशेष महत्व छ । यो एकदमै दुर्लभ खगोलीय घटना हो । ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात पुस ९ गते बेलुकी ८ बजेर ४२ मिनटदेखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीयरूपमा भोजन ग्रहण गर्न नहुने धार्मिक मान्यता छ । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण काम नगर्नु भनिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थल, नसके नजिकको नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गर्नु राम्रो मानिन्छ । सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्र उल्लेख छ । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । दुर्लभ खगोलीय घटना भएको भन्दै सार्वजनिक विदा दिन सरकारसँग माग गरिएको छ । यसपटकको सूर्यग्रहण पूर्णत गोलाकार रहेको देखिन्छ । बिहीबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका, मलेशियालगायत एसियाका अधिकांश देश, हिन्द महासागर, पूर्वी युरोप, उत्तररपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ । सामान्तया सूर्यग्रहण सूर्य र पृथ्बीकोबीचमा चन्द्रमा परेको समयमा लाग्ने गर्छ । तर, यस पटकको यो गोलाकार अर्थात औठीको जस्तो देखिन सूर्य ग्रहण लाग्दा चन्द्रमा पृथ्बीबाट धेरै टाढा हुनेछ । अब आउने अर्को सूर्यग्रहण भने सन् २०२० को २१ जुनमा लाग्नेछ । ज्योतिषीहरूका अनुसार, ग्रहणका बेला भोजन, मैथुनलगायतका कार्य गर्नु हुँदैन । यी कार्य गर्दा अशुभ हुन्छ । तर, वैज्ञानिकहरू भने यसमा सहमत छैनन् ।सूर्य ग्रहणमा चार प्रहर १२ घण्टा र चन्द्रग्रहणमा तीन प्रहर नौ घण्टा अघिदेखि सुतक लाग्ने बताइएको छ । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने पञ्चाङ्ग पात्रोमा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ । शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षितयन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, प्रविधि, ब्रेकिंग न्युज, समाचार
ट्याग : #खण्डग्रास सूर्यग्रहण

तपाईको कमेन्ट लेख्नुहोस्