मेडिकल शिक्षामा दादागिरी, शुल्क फिर्ता गर्ने समयसिमा आज सकिदैं

काठमाडौं १० मंसिर । मेडिकल कलेजले सरकारले तय गरेको भन्दा बढी लिईएको शूल्क २४ घण्टाभित्र फिर्ता नगरेर कारबाही अघि बढाउने सरकारको अल्टिमेटम । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिखित रुपमा शुल्क समायोजनको प्रतिबद्धता माग गरे अनुसार कलेज सञ्चालकले मंगलबार १२ बजेभित्र लिखित सहमति दिने बताएपनि रजिष्ट्रेशन शुल्क, सम्बन्धन शुल्क, परीक्षा शुल्क र इन्टर्नसिप शुल्पक विश्वविद्यालयलाई दिनुपर्ने भएकाले फिर्ता गर्न नसक्ने अडान यथावत नै छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, गृहमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी, चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपाने, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया, काठमाडौं मेडिकल कलेजबाट डा. चन्दा कार्की, कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट डा. नटराज प्रसाद, गण्डकी मेडिकल कलेजबाट खुमा अर्याल लगायत सहभागी भएको बैठकको उपलब्धी पनि खासै नदेखिएपनि २४ घण्टाभित्र मेडिकल कलेजविरुद्द एक्सनमा उत्रिने निर्णय भने प्रतिक्षाको बिषय बनेको छ । ‘विद्यार्थी र अभिभावक ठगिएको टुलुटुलु हेरेर राज्य बस्न सक्दैन, भन्दैगर्दा एक महिले र १५ दिने एक्सनपूर्वको अल्टिमेटम नीजि मेडिकल कलेज सञ्चालकले बेवास्ता गरेकै हुन् । नेसनल मेडिकल कलेज वीरगन्ज, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, चितवन मेडिकल कलेजलगायतका कलेजमा शुल्क बढी उठाइएको आरोपका केही तथ्य सरकार आफैले पनि फेला पारेको छ । पोखराको गण्डकी मेडिकल कलेजमाथी २०७२ सालदेखि नै अवैध रुपमा शुल्क असुलेको आरोप, वीरगञ्जको नेशनल कलेजमाथी त गत वर्ष भर्ना भएका १ सय जनाबाटै ५५ लाख रुपैयाँ भन्दा माथि असुलेको तथ्य बाहिरिएको मात्रै छैन उक्त कलजेलाई राजश्व छलीको समेत आरोप छ । गण्डकीले बढी शुल्क असुलेको विषय नेपाल मेडिकल काउन्सिलको अनुगमन टोली र प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको अध्ययन प्रतिवेदनबाट समेत प्रमाणित भइसकेको छ । काठमाडौँ विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेजले ९ असोज २०७४ र ५ असोज २०७५ मा कलेजपिच्छे फरक शुल्क निर्धारण गरेको झुटो सूचना जारी गरेर ठगी पुष्टि गरिसकेको छ । अब ठगीको प्रमाण अनि तथ्य सबै पाएको सरकारले गफ होइन्, एक्सन देखाउने बेला आएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ट्याग : #मेडिकल शिक्षा
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्