प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमै
काठमाडौं ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनका विषयमा आजपनि छलफल गर्देछन् । प्रधानमन्त्री ओलीले हटाउने मन्त्री र नयाँ थपिने मन्त्रीका विषयमा आफनै पार्टीका शीर्ष नेताहरुसंग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री ओली अध्यक्ष पुष्पकमल दाहालसंग सहमति भएपछि मात्रै निर्णय गर्ने मनस्थितिमा छन् । सोमबार झण्डै तीन घण्टा भएको छलफलमा सहमति नजुटेकाले मंगलबार पनि छलफल हुन लागेको हो । दुई अध्यक्षबीचको छलफलको समय भने तय भइसकेको छैन । दाहालको सचिवालयका अनुसार प्रचण्ड नवलपरासी जाने कार्यक्रम रहेकाले फर्किएपछि मात्रै छलफल हुनेछ । दुई अध्यक्षबीच सहमति नहुँदा मन्त्रिपरिषद पुनर्गठन लम्बिने देखिएको हो । नेकपा सचिवालय बैठकले दुई अध्यक्षलाई मन्त्री छान्ने र हटाउने सैद्धान्तिक सहमति दिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री ओली
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्