सत्ता र प्रतिपक्षीलाई अप्ठेरोमा पार्ने दुई काण्ड, महरापछि आलम जालान त जेल ?

पुण्यप्रसाद धमला
काठमाडौं १९ कार्तिक । नेपालको राजनीतिक बृत्तमा पछिल्लो समय दुई वटा काण्डहरु चर्चामा छन् । सबैभन्दा बढी चर्चा पाएको काण्ड, निवर्तमान सभामुख कृष्णबहादुर महरा–रोसनी यौन काण्ड । यहि काण्डका कारण सभामुख र सांसद पद दुबै खोसिएका महरा अब भने कारागारमा भेटिनेछन् ।
जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै डिल्लीबजार कारागार चलान गरिएको हो । महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरिएपनि मुद्धाको अन्तिम फैशला आउन बाँकी छ । अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महरा थुनामै रहनुपर्ने भएपनि थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्ने बाटो भने खुल्ला छ । २०७६ असोज १३ गते बलात्कारको अभियोग लगाइएको भिडियो सार्वजनिक भएपछि महराले १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । नागरिकस्तरमा महरा पक्राउ पर्लान नपर्लान भन्दै अन्यौल बढ्दैगर्दा असोज १९ गते पक्राउ परे । झन्डै १ महिनाको अनुसन्धानपछि बिहीबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्धा महराका लागि राजनीतिक लाभ र अवशरबाट बिश्राम लगाउने कारक बनेको छ ।
आखिर को हुन त कृष्णबहादुर महरा
२०१५ असार १५ गते रोल्पाको लिवाङ–७ धारापानीमा जन्मिएका कृष्णबहादुर महराले पृथ्वीनारायण क्याम्पस पोखराबाट शिक्षाशास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका थिए । २०३५–०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय भएका महरा २०३६ सालदेखि २०३९ सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बने । २०३७ मा तत्कालीन नेकपा चौथो महाधिवेशनदेखि पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा रोल्पा जिल्ला सदस्य बने । २०३९ देखि ४१ सालसम्म अनेरास्ववियूको आठौं राष्ट्रिय सम्मेलनबाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष भएका महरा २०३६ देखि २०४८ सम्म शिक्षण पेशामा हराए । २०४८ सालदेखि नेकपा मशाल रोल्पा जिल्ला सेक्रेटरी बनेका महराले २०५० सालमा तत्कालीन नेकपा एकता केन्द्र को क्षेत्रीय संगठन समिति सदस्यको जिम्मेवारी पाए । २०५१ मा तत्कालिन नेकपा माओवादी को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य बनेका महरा २०५३ असारमा माओवादी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । २०५५ सालपछि पार्टी केन्द्रमा सक्रिय देखिएका महराले राजनीतिक यात्राका क्रममा धेरै मौका र अवसर पाए । ०६४ सालपछिको १० वर्ष यता मात्रै सत्ताको स्वाद चाखिरहने नेपालकै भाग्यमानी नेतामा पर्थे कृष्णबहादुर महरा । पटक जित्ने एक्ला माओवादी संसद समेत हुन उनी । तत्कालिन संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालको प्रतिनिधि सभामा रोल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनलाई संसदिय राजनीति सबैभन्दा फलिफाब बन्यो । २०६३ वैशाख १२ गते अन्तरिम विद्यायक हुँदै गिरिजाप्रसाद कोइरालाको नेतृत्वका अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चारमन्त्री बनेका महराले १० बर्षे अवधिमा ७ पटक मन्त्री बन्ने शौभाग्य पाए । गत असोज १६ गतेको महरा रोशनी यौन काण्ड भाग्यमानी राजनीतिज्ञ महाराका लागि लाभ र अवसरबाट बञ्चित गराउने कारक बन्यो ।
अफताब आलत रौतहट बम काण्ड
अर्को काण्ड हो अफताब आलत रौतहट बम काण्ड । कांग्रेस नेता समेत रहेका निलम्बित सांसद मोहम्मद अफताब आलम बिरुद्ध सर्बस्वसहित जन्मकैदको मुद्धा जिल्ला अदालत रौतहटमा दर्ता हुँदै गर्दा उनै आलममाथी सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत छानबिन अघि बढाएको छ ।
आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर गरेको यो अभियोगले पनि नेपाली राजनीतिमा तरंग पैदा गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, विचार/लेख, समाचार
ट्याग : #महरापछि आलम जालान त जेल
तपाईको कमेन्ट लेख्नुहोस्