कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू, प्रहरीले गोली चलाउँदा एकको मृत्यु

काठमाडौं १४ कार्तिक। कपिलवस्तुको कृष्णनगर नगरपालिको कृष्णनगरमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश गरेको छ । दिपावलीको समापनसंगै बुधवार राति ८ बजेतिरर मुर्ति बिर्सजनका क्रममा झण्डेनगरमा बिवादले उग्ररुप लिएको थियो । मुर्ति बिर्सजनका लागि जाने क्रममा अज्ञात समुहले ढुंगा हानेपछि बिवाद बढेको थियो । बिवाद बढेपछि दुई समुह बिच ढुंगा हानाहान भएको प्रत्यक्षर्शीले बताए । बिवादपछि तनाव र झडप बढेपछि बिहीवार बिहान जिल्ला सुरक्षा समितिको बसेको बसेको आकस्स्मिक बैठकले कर्फ्यू लगाएको हो । प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले जारी गरेको कर्फ्यू आदेश अनुसार कृष्णनगर भन्सार कार्यालय देखि उत्तर ७ सय मिटर, पश्चिम सात सय मिटर, र पुर्व ३ सय मिटर क्षेत्र निर्धारण गरिएको छ । सो क्षेत्र भित्र हिडडुल गर्न जम्मा हुन प्रतिबन्ध लगाइएको छ । आदेश अवाज्ञा गरिएमा कानुन अनुसार कारबाही गरिने प्रजिअ श्रेष्ठले बताए । झडपमा एक दर्जन स्थानीय र २ प्रहरी समेत घाईते भएका छन । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका–२ सुरजकुमार पाण्डेको मृत्यु भएको छ। प्रहरीले दमन गरेको भन्दै बिहीवार कृष्णनगरको बस पार्कमा रहेको प्रहरी बिटमा समेत आगजनी गरेका छन । प्रहरी र प्रर्दशनकारी बिहान ढुंगा हानाहान समेत भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन कृष्णनगर कृष्णनगरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्र टोली परिचालन गरिएको छ । गत बर्ष दशैका बेला पनि दुर्गा मुर्ति बिर्सजनका क्रममा हिन्दु र मुस्लिम समुदाय बिच झडप हुदा कफुर्य लगाईएको थियो । प्रत्यक्षदर्शी अनुसार बुधवार र बिहीवार गरी कृष्णनगरमा प्रहरीले ५० राउन्ड बढी अश्रु ग्यास प्रहार गरेका छन । एक दर्जन बढी घाईते समेत भएका छन ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कृष्णनगरमा कर्फ्यू
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्