महराविरुद्ध बिहिबार जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी
काठमाडौं १४ कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराबिरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बिहिबार जिल्ला अदालत मुद्दा दायर गर्ने तयारी गरेको छ । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरामाथि आज मुद्दा दायर गर्ने तयारी गरिएको हो । मुलुकी अपराध संहिता, २०७४ को करणीसम्बन्धी कसुरअनुसार मुद्दा चलाउन प्रहरीले मागदाबी सहितको अनुसन्धान प्रतिवेदन तिहार अघि नै बुझाइसकेको छ । प्रतिवेदन अध्ययनपछि आज कार्यालयले मुद्दा प्रक्रिया अघि बढाउन लागेको हो । प्रहरी परिसर काठमाडौंले १८ वर्षमाथि धेरै उमेरको महिलालाई बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजायको राय दिएको छ । साथै सार्वजनिक ओहोदाको व्यक्ति भएकाले उनीविरुद्ध त्यसमा थप ५० प्रतिशत सजाय मागदाबी पनि गरिएको छ । यस्तो मुद्दामा २६ दिनभित्र अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ । १९ असोजमा बालुवाटारस्थित निवासबाटै महरा पक्राउ परेको आज २५ दिन हुँदैछ । असोज १२ गते डेरामा आएर आफूमाथि बलात्कार प्रयास गरेको भन्दै १८ असोजमा पीडित महिलाले उजुरी दिएपछि प्रहरीले छानविन प्रक्रिया अघि बढाएको थियो । पक्राउ परेपछि बिरामी भएका महरा २३ असोजदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #महरा मुद्दा दायर गर्ने तयारी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्